Logo

‘मानिस भएर यस धर्तीमा जन्मिएपछि समाजको लागि केही राम्रो काम त गर्नैपर्छ’ – सीताराम कट्टेल ‘धुर्मुस’

स्तावेज, भाद्र २, गते शुक्रबार , २०७४ –  विराटनगर , मानिस एक सचेत प्राणी हो । मानिस भएर यस धर्तीमा जन्मिएपछि समाजको लागि केही राम्रो काम त गर्नैपर्छ’ कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले विराटनगरमा आयोजित एक कार्यक्रममा भने, ‘यो देश निर्माण गर्न कुनै विदेशीलाई गुहार्नु पर्दैन हामी आफैं सक्षम छौं ।’शुक्रबार विराटनगरमा उद्घोष दैनिकको १३ औं वार्षिकोत्सवको अवसरमा बोल्दै उनले धेरैलाई भावुक बनाए । आफ्नो मन्तब्यमा सर्बसाधारण जनताप्रति लक्षित गर्दै धुर्मुसले देश निर्माण गर्न सबैले आ/आफ्नो क्षेत्रबाट यथोचित योगदान गर्नुपर्ने बताएका थिए ।

  उनले बिगतका तिता दिन स्मरण गर्दै भने,धुर्मुस सुन्तली फाउन्डेसनमा १ लाख ७४ हजार रुपैयाँ रकम हुँदा ५ करोडको योजना बनाएँ,’ उनले पहिलो वस्ती निर्माण गर्दाको क्षण सम्झिए, ‘समाजमा मानिसहरुले कुरा काट्ने राष्ट्रिय पेशा बनाएकाहरुले आलोचना पनि गरे ,बहुला पनि भने, तर कठिन मेहनत पश्चात् उक्त योजना पूरा भएको छ, समयमै पूरा गरेर वस्ती हस्तान्तरण गर्नसक्नु धुर्मुस सुन्तली फाउन्डेसनको महत्वपूर्ण उपलब्धी थियो ।’जनताको मायाँ र सद्भाव पाएमा अन्य योजनापनि सजिलै फत्तेगर्ने उनले प्रतिवद्धता जाहेर गरे ।

 फाउन्डेसनले गर्न लागेको चौथो योजना अनुरुपको नमूना नेपाल निर्माण गर्ने अभियानमा सबैलाई सहयोग गर्न आह्वान गर्दै उनले आफ्नो आमारबुबा र छोरीलाई पटक/पटक सम्झिए । ‘५ अर्बको योजना बनाएपछि मैले पहिलो पटक बुबालाई, बुबा  ! मैले यस्तो योजना बनाएँ, आशिर्वाद दिनोस्, भन्दा मेरो बुबा हर्षले भावविभोर भएर भक्कानिएको याद ताजै छ,’ उनले आफू गरीबको छोरो भएको सम्झदै भावुक भएर भने, ‘तर मैले बुबालाई भनेँ म जस्ता छोरा अघिल्लो पुस्तामा जन्मिएका थिए र यसखाले कामगर्ने चुनौती मोलेका भए अहिलेका पुस्ताले मैले जस्तो जोखिम लिनुपर्ने थिएन।’

 अहिलेको तराई डुबानको समस्या नेपालको संरचना निर्माणको त्रुटीको कारण भएको बताउँदै धुर्मुसले संरचनागत सुधार नगरेसम्म पटक पटक वस्ती डुबानमा पर्ने र गरीबहरु मरिरहनुपर्ने बताए । विकास निर्माणमा अग्रसर भएका जिम्मेवार ब्यक्तिहरुले आफ्नो कर्तव्यबोध गरेर काम गर्ने हो भने देश बन्ने पटक/पटक दोहोर्याएर र सबैलाई जिम्मेवार बन्न आग्रह गरे । 

 धुर्मुसको मन्तव्यपछि आफ्नो धारणा राखेका विराटनगर महानगरपालिका प्रमुख भीम पराजुलीले धुर्मुस सुन्तली फाउन्डेसनलाई १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे भने उध्योगी नवीन रिजालले पनि १ लाख नगद फाउन्डेसनलाई सहयोग गर्ने बचन दिएका छन् । ‘उद्घोष दैनिक’को वार्षिकोत्सवको अवसर पारेर धुर्मुसलाई दिब्यराज दाहाल स्मृति सामाजिक सम्मानबाट सम्मानित गरिएको हो। धुर्मुसलाई १ लाख १ हजार १ सय ११ सहित विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली तथा ‘उद्घोष दैनिकका सम्पादक मोहन भण्डारीले धुर्मुसलाई खादा ओढाएर सम्मानपत्रका सम्मान गरेका थिए । सोही कार्यक्रममा राजेश्वर रेग्मी गजल पुरस्कारबाट इलामका साहित्यकार विवश वलीभद्र कोइरालालाई प्रदान गरिएको छ । यसको राशी नगद २५ हजार रुपैयाँको छ । 

  यस्तै समाज सेवामा सक्रिय रहेको युथ फर ब्लडलाई पनि नगद १० हजार सहित सम्मान गरिएको छ भने सोही दैनिकका सम्वाददाता हरि अधिकारीलाई पनि नगद ५ हजारसहित सम्मान गरिएको छ । धुर्मुसलाई सहयोग रकम हस्तान्तरण बाढीले बगाएर मृत्यु भएका विराटनगर १९ का अरलीया ऋषिदेव र बुढीगंगा गाउँपालिका–१ का उमेश नेपालको परिवारलाई हास्य कलाकार सीताराम कट्टेल धुर्मुसले प्रति घरपरिवार २५ र २५ हजार राहत सहयोग गरेका छन् । मृतकको घरमा पुगेर धुर्मुसले धुर्मुस सुन्तली फाउन्डेसनको तर्फबाट उक्त रकम प्रदान गरेका हुन् । सिंघिया खोलामा आएको बाढीले बगाएर नेपाल र ऋषिदेवको शनिबार मृत्युभएको थियो । धुर्मुसले विराटनगरको बाढी प्रभावित क्षेत्रको निरीक्षण समेत गरेका छन् । 

     दीपशिखा शर्मा 

[email protected]

 

प्रतिक्रिया दिनुहोस्