Logo

१४ बर्षपछि रानी र ऐश्वर्या एउटै कार्यक्रमा देखिए

स्तावेज संवाददाता भाद्र ४ ,शुक्रवार,२०७४ –१४ बर्षपछि रानी मुखर्जी र ऐश्वर्या राय बच्चनलाई १५ बर्षको अन्तरालमा सँगै देखिएको छ  । दुवै श्रीदेवीको छोरीको पार्टीमा भेटभएका हुन् । दुवैबीच सन् २००३ मा शाहरुख खानको फिल्म  ‘चलते चलते ‘ लाई लिएर मनमुटाव शुरु  भएको थियो । सो चलचित्रमा ऐश्वर्यालाई रानीको कारण हटाइएको थियो । 

यहिबाट दुवै अभिनेत्रीबीच शीतयुद्ध सुरु भएको थियो । सो समयका रानीका प्रेमी अभिषेक बच्चनसँग ऐश्वर्याले विवाह गरेपछि मनमुटाव अझ बढेको थियो । विवाहमा रानीलाई निमन्त्रणा समेत गरिएको थिएन । त्यसपछि अभिनेत्रीबीचको सम्बन्ध अझ नराम्रोसँग चिसिंदै गएको थियो ।

रानीले एक अन्तर्वार्ताको क्रममा आफुलाई विवाहमा किन निम्तो नगरेको भन्ने कुरा अभिषेकले मात्र बताउन सक्ने भनेकी थिइन् । रानीले अन्तर्वार्तामा भनिन् , यो मेरो मतलबको कुरा भएन । तर यस कुराले हामिको स्टार मात्र रहेको तर साथि नभएको स्पष्ट पारेको छ । रह्यो विवाहमा बोलाउने कुरा त्यो उहाँहरुको व्यक्तिगत इच्छा हो । जब म विवाह गर्ने सोच्छु तब कसलाई बोलाउने नबोलाउने म निर्णय गरिसकेको हुन्छु । 

रानी र ऐश्वर्या कुनै समयमा सबैभन्दा मिल्ने साथी थिए । अन्तर्वार्तामा रानीले सम्बन्धका बारेमा पनि बताएकी थिइन् । उनले भनिन् , यो कुरा तपाईले ऐश्वर्यालाई सोध्नु होला , हामि सधै एक अर्काको फ्यान हौं ।

विवाहपछि अभिषेक र रानीले कहिले पनि एक अर्कालाई भेटेनन् ,न त चलचित्र न त कुनै कार्यक्रममा देखिए । साथै  यी पूर्व प्रेमी /प्रेमिका (अभिषेक र रानी )कहिलेपनि साथै देखिएनन् ।

 एजेन्सीको सहयोगमा 

प्रस्तुती,दीपशिखा शर्मा 

[email protected]

प्रतिक्रिया दिनुहोस्