Logo

धुर्मुस–सुन्तली फाउन्डेसनलाई रु १९ लाख ८० हजार ३६० सहयोग प्रदान

स्तावेज संवाददाता, ८ जेठ ,झापा-  वीरता जेसिज बिर्तामोडको अगुवाइमा झापाबाट भूकम्पपीडित घर निर्माणका लागि धुर्मुस–सुन्तली फाउन्डेसनलाई रु १९ लाख ८० हजार ३६० सहयोग प्रदान गरिएको छ । महिला एसोसिएसन, अल्टसट युकेबाट कल्पना चेम्जोङले रु एक लाख ५० हजार प्रदान गरेपछि सहयोग रकम त्यति भएको वीरता जेसिज उत्कृष्ट नागरिक सम्मान समारोह २०७३ का संयोजक विनोद बस्नेतले जानकारी दिए ।

बस्नेतकै अगुवाइमा झापाली नागरिकको तर्फबाट अर्थ सङ्कलन गरी गत वैशाख ३ गते धुर्मुस–सुन्तलीलाई उत्कृष्ट नागरिक सम्मानसहित सहयोग रकम प्रदान गरिएको थियो ।चेम्जोङले फाउन्डेसनलाई रु एक लाख ५० हजार प्रदान गरेसँगै सहयोग राशि बढेको हो ।

उपचार कोषमा सहयोग

झापा बिर्तामोड नगरपालिका–६ स्थित यशोदा निरौला स्मृति प्रतिष्ठानले पत्रकार सहारा उपचार कोषका लागि रु २१ हजार प्रदान गरेको छ ।सो रकम पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई हिजो एक समारोहका बीच प्रतिष्ठानका अध्यक्ष नन्दिकेशर निरौलाले प्रदान गरेका हुन् । घाइते र बिरामी पत्रकारको उपचारमा सहयोग पुर्याउन रु एक करोडको उपचार कोष बनाउने नेपाल पत्रकार महासङ्घ, झापा शाखाको उद्देश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्