Logo

एक सातादेखि बन्द विराटनगर विमानस्थल सुचारु

स्तावेज संवाददाता ,३ भाद्र, शनिबार,२०७४ मोरङ –  बाढी र डुबानका कारण धावनमार्गमा पानी र हिलो जमेपछि एक सातादेखि बन्द रहेको विराटनगर विमानस्थल आज आंशिक रुपमा सञ्चालन भएको छ  । धावनमार्गको हिलो र पानीको सरसफाइ सकिएपछि विमानस्थल आजदेखि उडान गर्न योग्य भएको नेपाल नागरिक उड्ड्यन प्राधिकरण विराटनगरका प्रमुख सुरेशमान सिंहले बताए ।

सिंहका अनुसार विमानस्थल क्षेत्रका बिध्युतीय उपकरणहरुको मर्मत र परीक्षण गर्न बाँकी रहेकाले पूर्ण रुपमा सञ्चालनमा आउन अझै एक महिना लाग्ने छ । आज यती र सौर्य एयरलायन्सले उडान भर्ने छन् । बुद्धले आईतबार नेपाल वायुसेवा निगमले सोमबार देखि उडान भर्ने कार्यलय प्रमुख सिंहको भनाई छ ।

 

प्रतिक्रिया दिनुहोस्