Logo

बाढीले बगाएको गैंडा चितवन घर फर्कियो

स्तावेज संवाददाता भाद्र २,शुक्रवार,२०७४ – बाढीले बगाएर नेपालबाट भारत पुर्याएको एउटा दुर्लभ एकसिंगे गैंडालाई नेपाली अधिकारीहरुले घर फर्काएका छन् । भारतबाट उक्त गैंडालाई नेपाल फर्काउन चालिसजना नेपाली अधिकारीहरुको टोली परिचालन गरिएको थियो ।”भारतीय वन अधिकारीहरुको सहयोगमा उक्त गैंडालाई फर्काएर ल्याउन हामी सफल भएका हौं।”, चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेन नुरेन्द्र अर्यालले बीबीसी नेपाली सेवालाई बताए । चितवन राष्ट्रिय निकुञ्जमा बसोबास गर्ने सो पोथी गैंडा त्यहांबाट झण्डै ४२ किलोमिटर पर भारतको बगाह गाउंमा फेला परेको थियो।

उक्त राष्ट्रिय निकुञ्जबाट बाढीले बगाएर लगेको अरु चारवटा गैंडाको उद्धार गर्न बांकी छ । एउटा गैंडा बाढीपछि मृत अवस्थामा फेला परेको थियो । हालैको मनसुनी वर्षाले नेपाल, भारत र बांग्लादेशमा ठूलो क्षति पुर्याएको छ । छ सय भन्दा बढी एकसिंगे गैंडा बसोबास गर्ने नेपालको चितवन राष्ट्रिय निकुञ्ज र वरपरको क्षेत्र पनि बाढीको चपेटामा परेको थियो । गत हप्ता मात्रै त्यहांको लोकप्रीय पर्यटकीय स्थल सौराहामा बाढीका कारण अलपत्र परेका झण्डै पांचसय पर्यटकहरुलाई हात्ती र साना ढुंगाहरुबाट उद्धार गरिएको थियो।

साभार बीबीसी 

प्रतिक्रिया दिनुहोस्