Logo

द ग्रेट अमेरिकन ईक्लिप्स नामक खग्रास सूर्य ग्रहण किन यति महत्वपूर्ण ?

 दस्तावेज संवाददाता भाद्र २,शुक्रवार,२०७४ – आउँदो सोमबार हुने खग्रास सूर्य ग्रहण नजिंकिंदै छ । अमेरिकका तमाम पसलहरुमा सूर्य ग्रहण सम्वन्धी सरसामानहरुले सजाईएका छन् । अमेरिकाको पुरै भूमाग छोप्नेगरी लाग्ने यो ग्रहण पहिले ९९ बर्षअघि लागेको थियो । त्यसैले सोमबार लाग्ने ग्रहणलाई बिश्वभर अति उत्साहकासाथ हेरिएको छ । उक्त खग्रास सूर्य ग्रहणलाई ‘द ग्रेट अमेरिकन ईक्लिप्स’ नाम दिईएको छ ।

 जुन ग्रहण लागेको बखत चन्द्रमा सूर्यको नजिक आउँछ र पूरै सूर्यलाई छेकिदिन्छ । तथापी यस्तो घटनाहरु भने अस्वाभाविक भने होईनन् । औसतमा हरेक १८ महिनाको अन्तरालमा यस्ता अस्वाभाविक घटनाहरु घट्ने गर्दछन् । तर पूरै चन्द्रमाले सूर्यलाई ढाक्नु भनेको अति दुर्लभ घटना मानिएको छ । 

 यहि दुर्लभ छायाँको आनन्द लिन अमेरिकामा ११२ कि मी साँघुरो क्षेत्रभित्र रहेका अमेरिकी होटलहरु सबै  बुक गरिएका छन् । यदि कसैले सोमबारको खग्रास सूर्य ग्रहण हेर्न नपाएमा उक्त ब्यक्तिको लागि सो अवसर २ जुलाई २०१९ मा आउनेछ ।  खग्रास ग्रहण पुरै अन्धकारको रुपमा साँघुरो क्षेत्रबाट मात्र देखिने भएकोले ग्रहण लाग्दाको पूर्ण अन्धकार प्रशान्त महासागरको ठूलो हिस्सा,चिली र अर्जेन्टिनाको केहि भागबाट देखिने खगोलविद्हरुले बताएका छन् । 

हेर्नुहोस् बिभिन्न एजेन्सीले बनाएका भिडियोहरु

प्रतिक्रिया दिनुहोस्