Logo

पहिरोका कारण मुग्लिन नारायणगढ सडक अवरुद्ध

 दस्तावेज संवाददाता भाद्र २,शुक्रवार,२०७४ – नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो जाँदा सवारी आवागमन रोकिएको छ । आज दिउँसो २:१५ बजे इच्छाकामना गाउँपालिका – ६ चोर खोलामा पहिरो जाँदा सवारी आवागमन रोकिएको हो । पहिरो आइसकेपछि अहिले पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरोका कारण सवारी साधन रोकिँदा यात्रु अलपत्र परेका छन् । 

प्रतिक्रिया दिनुहोस्