Logo

बाढी पीडितलाई प्रतिदिन ७० रुपैयाँ खाना खर्च दिने सरकारको निर्णय

स्तावेज संवाददाता भाद्र २,शुक्रवार,२०७४,काठमाण्डौं – सरकारले तराईका बाढी पीडितलाई प्रतिदिन ७० रुपैयाँका दरले एक महिनासम्म खाना खर्च उपलब्ध गराउने भएको छ । गृहमन्त्री जनार्दन शर्माले शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रमुख जिल्ला अधिकारी (सीडीओ )मार्फत बाढी पीडितलाई प्रतिदिन ७० रुपैयाँको दरमा खाना खर्च दिलाइने जानकारी गराएका हुन् । उनले अब सीडीओले छिट्टै राहत रकम बाँड्ने बताए । तथापी कति रकम  पीडितलाई वितरण गर्ने भन्ने बारे अझै प्रष्ट पारिएको छैन ।

        त्यस्तै गृहमन्त्री शर्माले बाढी र डुबानबाट क्षति भएका सार्वजनिक, निजी भौतिक संरचनाको पुनर्निर्माण तत्काल थालिने पनि जनाए । पीडितलाई राहत दिन रकम अभाव रहेको बताउँदै उनले सहायताका लागि अन्तर्राष्ट्रिय समुदायसँग आव्हाहान समेत गरे । सरकारले विदेशी सहायता ग्रहण गर्ने भए पनि कुनै पनि व्यक्ति वा संस्थाले बैंक खाता खोलेर राहत रकम उठाउन भने बन्देज लगाइएको छ । मन्त्री शर्माले सरकारसँग अनुमति लिएर मात्रै राहत संकलन गर्न पाइने प्रस्ट पारे । 
 
       बाढी प्रभावित क्षेत्रमा खाध्यान अभाव रहेकोले त्यहाँ खाध्य संस्थान मार्फत अस्थायी डिपो पनि खुलाउने मन्त्री शर्माले जानकारी दिए । एक हप्ताअघिको अविरल वर्षापछि निम्त्याएको बाढी र पहिरोले झन्डै ३० जिल्लामा प्रभावित पार्‍यो भने सयभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् । 

 

प्रतिक्रिया दिनुहोस्