Logo

कलाकारहरुद्दारा फेसबुक मार्फत आर्थिक सहयोगको घोषणा

स्तावेज संवाददाता,भाद्र १ गते बिहिवार ,२०७४, काठमाडौं- अविरल बर्षाले  डुबानमा परी जनधनको क्षति व्यहोरेका पूर्वी नेपालका बाढी पीडितको सहयोगार्थ कलाकारहरुले राहत अभियान सुरु गरेका छन् । कलाकारहरुले फेसबुकमार्फत आर्थिक सहयोगको घोषणा गरेका छन् । सिताराम कट्टेल धुर्मुसले आफ्नो संस्था धुर्मुस सुन्तली फाउन्डेसन मार्फत महोत्तरीबाट बाढी पीडितका लागि औषधि,खाध्यान्न र त्रिपाल सहित अन्य राहतको सहयोग शुरु गरेका छन् ।

 महोत्तरीदेखि झापासम्मका क्षेत्रमा पुगेर जनतालाई सहयोग गर्ने धुर्मुसले बताए । नायिका पूजा शर्माले एक लाख सहयोग गर्ने घोषणा गरेकी छन् । त्यस्तै, दीपकराज गिरीले एक लाख, दीपाश्री निरौलाले ५१ हजार र प्रियंका र्काीले ५१ हजार  सहयोगको घोषणा गरेका छन् ।अन्य कलाकारहरु पनि सहयोगमा जुटेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्