Logo

चिकित्सक दम्पतीले बाढी पीडित ५० जना परिवारलाई १ लाख ७० हजार रुपैयाँ बराबरको राहत बाँडे

स्तावेज संवाददाता,भाद्र १ गते बिहिवार ,२०७४,चितवन– नारायणगढका चिकित्सक दम्पतीले पूर्वी चितवनको रत्न नगरका बाढी पीडितलाई सहयोग बाँडेका छन् । डा.अजय न्यौपाने र उनकी श्रीमती डा. सरु थापा न्यौपानेले रत्ननगरको वडा नम्बर ९ लालपर्साका बाढी पीडितलाई राहत सहयोग बाँड्दै एक छाक खाना खुवाएका हुन् । सामाजिक उत्तर दायित्व अभियान अन्तर्गत विभिन्न सामाजिक काम गर्दै आएका चिकित्सक दम्पतीले ५० जना परिवारलाई १ लाख ७० हजार रुपैयाँ बराबरको राहत बाँडे ।

लोक गायक मिलन लामाको गाउँ रहेको लालपर्सामा लामाकै संयोजनमा उनीहरुले ५० परिवारलाई चामल, दाल, तेल, मसला, नुन, चाउचाउ, दालमोठ, चिउरा, आलु, प्याज लगायत खाद्य सामग्री बाँडेका थिए ।पीडित परिवारलाई १/१ वटाका दरले पाल, कम्बल र म्याट पनि वितरण गरिएको डा. सरुले बताइन् ।

प्रतिक्रिया दिनुहोस्