Logo

स्वदेश फर्किइन् प्रियंका चोपडा, वलिवूड फिल्मको निर्माण गर्ने तयारी

स्तावेज संवाददाता,भाद्र १ गते बिहिवार ,२०७४ –  लामो समयपश्चात् वलिवूड जगतमा आफ्नो करियर अगाडी बढाईरहेकी अभिनेत्री प्रियंका चोपडा पुन: स्वदेश  फर्केकी छिन्  । उनको दोस्रो हलिवूड फिल्म ‘इजन्ट इट रोमान्टिक’ को सुटिङ सकेर उनी भारत फर्किएकी हुन् । उत्साहजनक कम्ब्याकसँगै उनले वलिवूडको आफ्नो आगामी प्रोजेक्ट शुरु गर्नेछिन् । 

इन्डियन एक्सप्रेसका अनुसार प्रियंका अब मुम्बईमा दुई हप्ताका लागि हुनेछिन् । उनले आफ्नो आगामी वलिवूड  फिल्मको निर्णय गर्नेछिन् । तर अहिले नै उनको वलिवूड प्रोजेक्ट के हुने भन्ने बारेमा भने कसैलाई जानकारी गराईएको  छैन । तथापी यो अनुमान लगाउन सकिन्छ कि प्रियंका चोपडाले संजयलीला भन्सालीको आगामी प्रोजेक्टका लागि उनीसँग भेट गर्नेछिन् । यो चलचित्र ‘गुस्ताखी’ हुनेछ जसले कवि साहिर लुधियानवी र लेखक अमृता प्रितमबीच बिग्रिएको सम्बन्धलाई वर्णन गरेको छ । 

यस अघिको खबर अनुसार ‘हिन्दी मिडियम’ अभिनेता इरफान खान साहिरको भूमिकामा देखिनेछन्  र प्रियंका अमृताको भूमिकामा हुनेछिन् । तर अभिनेता र निर्देशकले अहिलेसम्म यसका बारेमा पुष्टि गरेका छैनन् । प्रियंकाले आफ्नो सबै परियोजनालाई निकै राम्रो तरिकाले व्यवस्थित गरेकी छन् । उनकै आमा मधु चोपडाको शब्दमा भन्ने हो भने, “उनले सबै कामको समाधान गरिसकेकी छन्, तपाईँ सोच्नुहुन्छ होला उनको सबै कुरो मुखै अगाडि छ, तर होइन । उनलाई थाहा छ, उनी के गर्दैछिन् र आगामी पाइला कसरी चाल्नुपर्छ”

प्रियंका एक पटक पुन: भारतमा छिन्, भारतमा उनका प्रशंसकलाई आशा छ यो पटक उनी आफ्नो आगामी चलचित्र घोषणा नगरी फर्किन्नन् । कामको कुरो गर्ने हो भने, प्रियंकाले चाँडै नै ‘क्वांटिको’ को तेस्रो चरणको सुटिङ शुरु गर्नेछिन् । जसमा उनले सीआईए अफिसर एलेक्स पर्रिशको भूमिका निर्वाह गरेकी छन् । 

प्रतिक्रिया दिनुहोस्