Logo

काकाले बलात्कार गरेपछि गर्भवती बनेकी एक दश वर्षिया बालिकाले शिशु जन्माइन्

स्तावेज संवाददाता,भाद्र १ गते बिहिवार ,२०७४ – भारतमा आफ्नै काकाले बलात्कार गरेपछि गर्भवती बनेकी एक दश वर्षिया बालिकाले सिजरियन शल्यक्रिया मार्फत शिशुलाई जन्म दिएकी छन् । यसअघि गर्भपात गराउन दिन उनले दिएको याचिकालाई अदालतले अस्वीकार गरेका थिए।

विवरणहरुमा जनाइए अनुसार ती बालिकालाई तिनले शिशुलाई जन्म दिंदैछिन् भन्ने जानकारी दिइएको थिएन । केवल उनको पेटको शल्यक्रिया गरिने उनलाई भनिएको थियो । समय अगावै जन्मिएकी उनकी शिशुलाई हाल आपतकालीन स्वास्थ्य सेवा प्रदान गरिंदैछ । उनलाई अन्य कसैले धर्मपुत्री बनाइ पाल्न सक्ने ठानिएको छ । बलात्कृत बालिकाकी काकालाई पक्राउ गरिएको छ । यस घटनाबारे भारतमा निकै बहस भएका थिए।

प्रतिक्रिया दिनुहोस्