Logo

खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्डको दोस्रो संस्करणमा भाग लिन कलाकारहरुको टोली अमेरिका प्रस्थान

 त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा नेपाली कलाकारहरुको समुह 

स्तावेज,भाद्र १ गते बिहिवार ,२०७४,काठमाण्डौं – खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्डको दोस्रो संस्करणमा भागलिन नेपालबाट १८ जना बरिष्ठ कलाकारहरुको एक टोली अमेरिका प्रस्थान गरेको छ । उक्त कुराको जानकारी खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड दोस्रो संस्करण नेपाल च्याप्टरको ब्यवस्थापन समितीका कार्यक्रम संयोजक मधु कुमार श्रेष्ठले दिनुभएको छ ।

   आउँदो अगस्ट महिनाको १९ गते तदनुसार श्रावण ३ गते शनिबार ४.३० बजे भब्य रुपमा हुन गएको उक्त ऐतिहासिक कार्यक्रममा आमन्त्रित हुनुभएका कलाकारहरुमध्ये नेपालबाट बरिष्ठ नायक श्री कृष्ण मल्ल,मधु कुमार श्रेष्ठ,शर्मिला मल्ल,सुनिता थापा,भुवन के.सी, राजु खत्री,अर्जुनजंग शाही,राम शेखर बोगटी,पूरन जोशी,रबिन्द्र खड्का,अम्बिका शर्मा,रमेश बुढाथोकी,केकी अधिकारी,अनमोल के.सी,दिपाश्री निरौला,जितु नेपाल,केदार घिमिरे (माग्ने बुढा),आकाश अधिकारी,राजेन्द्र शलभ,टिका पहारी  हिजो राती १२.०० बजे  अमेरिकातर्फ प्रस्थान गर्नुभएको छ । 

सन् २०१६ बाट बिधिवत् रुपले थालनी गरिएको खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड संस्करण –१ को अत्यधिक सफलतापछि लगातार शुरु गरिएको खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड संस्करण –२ ले नेपाली कला संस्कृति र चलचित्रको क्षेत्रमा उल्लेखनिय योगदान पुर्याएका नेपाली भाषी कलाकारहरु तथा निर्माता निर्देशकहरुलाई “खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्ड – २०१७”बाट सम्मानित गर्नेछ ।

    हङकङ एयरपोर्ट स्थित ट्रान्जिटमा नेपाली कलाकारहरुको समुह 

 ऐतिहासिक खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्डमा भाग लिनको लागि संसारभर छरिएर रहेका नेपाली भाषी कलाकारहरुलाई निमन्त्रणा पठाईसकिएको आयोजक टिमले बताएको छ । मुख्यतया क्यानाडा,नेपाल अष्ट्रेलिया, बेल्जियम, जर्मन, लन्डन, भुटान,जापान फ्रान्स,इटली जस्ता विश्वको विभिन्न देशहरुबाट आउने सम्पूर्ण नेपाली कलाकारहरुको बाक्लो उपस्थितिमा हुन लागेको यस अवार्ड कार्यक्रम नेपाली कलाकारहरुको लागि अविस्मरणिय क्षण हुनसक्ने समेत दावी गरिएको छ । नेपाल तथा अमेरिकाको ७० औ फ्रेन्डशिप बर्षगाँठ मनाउने सु-अवसरमा हुन गईरहेको यस खुम्बु खोल्स्च ग्लोवल नेपाली फिल्म अवार्डको दोस्रो संस्करणले दुई देश बिचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र दुई देश बिचको भाषा संस्कृति एवं चलचित्रलाई अन्तराष्ट्रिय स्तरमा अझ मजबुत बनाउन सहयोग पुग्नेछ ।

   Deepshikha Sharma

[email protected]

प्रतिक्रिया दिनुहोस्