Logo

बाढीले तराई क्षेत्रमा ४० भन्दा बढी महिलाको ज्यान लिएको सरकारद्दारा पुष्टी, भिडियो सहित

स्तावेज संवाददाता ,श्रावण ३१, गते ,२०७४ काठमाण्डौं –  अबिरल वर्षापछिको बाढीले तराई क्षेत्रमा ४० जना भन्दा बढी महिलाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्त्ता पुष्कर कार्कीका अनुसार मंगलबार दिउँसोसम्ममा बाढीले १०९ जनाको मृत्यु भैसकेको छ । जसमा ४० जना महिला, १ बालक, १ बालिका र बाँकी पुरुष रहेका छन् ।

प्रहरीका अनुसार सुनसरीमा ४, मोरङमा ५, पाँचथर १, झापा ४, सप्तरी १, चितवन २, मकवानपुर २, बारा १, पर्सा २, रौतहट ६, सर्लाही २, सिन्धुली २, उदयपुरमा १, कपिलबस्तु १, बाँके ३, बर्दिया १ र दाङ २ जना महिलाको डुबानमा परेर मृत्यु भएको हो ।

बाढीले बढी मात्रमा महिला, बालबालिका र बृद्धबृद्धा बढी प्रभावित भएको जनाएको छ । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयले समेत महिला, बालबालिका र बृद्धबृद्धाहरु प्रकोपको बेला बढी जोखिममा पर्ने भएकाले उनीहरुको तत्काल उद्धार, राहत र पुनर्स्थापनामा सम्वेदनशीलता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्