Logo

नेत्रबिक्रम चन्द ‘विप्लव ‘ नेतृत्वको नेकपाले दियो कोशी ब्यारेज तुरुन्त नखोले ब्यारेज ध्वस्त पर्ने चेतावनी

दस्तावेज श्रावण ३२ बुधबार २०७४,काठमाडौँ – नेत्रबिक्रम चन्द ‘विप्लव ‘ नेतृत्वको नेकपाले कोशी ब्यारेज तुरुन्त नखोले ब्यारेज ध्वस्त पर्ने चेतावनी दिएको छ। विप्लब माओबादीका प्रवक्ता खड्ग बहादुर विश्वकर्माले संबाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा नेपालमा हालै भईरहेको घटना भारतले सिमाक्षेत्रका बाँधका कारण भैरहेको भन्दै लैनचौरमा रहेको भारतीय दुतावासपनि नरहने चेतावनी दिए।

विश्वकर्माले भने, ”देशमा धनजनको ठुलो क्षती भैरहेको छ । यसको प्रमुख कारण हाम्रा नदीनालाहरुमा छिमेकी भारतले बाँधेका बाँधहरु हुन् । हामी भारतलाई तत्काल सिमाक्षेत्रका बाँधका ढोकाहरु पूर्णरुपमा खोल्न आग्रह गर्छौं, अन्यथा कोशी ब्यारेज मात्र होइन लैनचौरमा रहेको दुतावास पनि रहदैन ।”

भारतले सप्तकोशी र लक्ष्मणपुर सहित सीमा बाँधका ढोकाहरु नखोलिदिंदा दर्जनौं गाउँ डुवानमा परेका छन्, धेरैको मृत्यु भएको छ। कोशीको बहाव अझै बढी रहेको छ। परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भारतीय संग सप्तकोशी र लक्ष्मणपुर सहित सीमा बाँधका ढोकाहरु खोल्न आग्रह गरेतापनि अझै ढोका खोलिएको छैन।

धनजनको ठुलो क्षती हुँदा नेपालले गरेको आग्रह भारतले नसुनेपछी आक्रोशमा रहेका सामाजिक संजाल प्रयोगकर्ताहरुले थुनिएको नदीलाई निकाश दिएर नागरिकहरुको रक्षा गर्न कोशी ब्यारेज लगाएका बाँधहरुमा बम हान्न नेकपाका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लब’लाई आग्रह गरिरहेका थिए । नेपाललाइ असर पारिरहने पुराना सन्धि सम्झौताहरुलाई खारेजी गर्नुपर्छ भन्दै बिरोध जनाउदै आइरहेका विप्लवलाई सामाजिक संजालबाट यस्तो आग्रह गरिएपछी विप्लब माओबादीले यो धारणा सार्वजनिक गरेको हो ।

 हेर्नुहोस् विप्लवलाई आग्रह गरिएका केहि स्ट्याटसहरु  

 

प्रतिक्रिया दिनुहोस्