Logo

तीजमा ‘चलचित्र स्काउट’ को भब्य प्रदर्शन गरिने

स्तावेज संवाददाता ,श्रावण ३१, गते ,२०७४ काठमाण्डौं – पछिल्लो समय चर्चाको शिखरमा पुग्न सफल नायक नवराज श्रेष्ठको चलचित्र स्काउट प्रदर्शनमा आउने भएको छ ।  भाद्र ८ गते तिजको अवसर परेर  रिलिजमा आउन लागेको हो । उक्त चलचित्र स्काउटमा नायक नवराज श्रेष्ठ र नायिका गरिमा पन्त दुलाहा दुलहीको भूमिकामा देखा परेका छन् । नायक नवराज श्रेष्ठले रियलमा नभएर रिलमा मात्र सुटुक्क बिहे गरेका हुन् । 

20370284_10155529362062354_1178402546_n
गोविन्द गौतम निर्देशित फिल्ममा गरिमा पन्त, नवराज श्रेष्ठ, कुशल थापा, मधुकुमार श्रेष्ठ, संजय श्रेष्ठ, रक्षा श्रेष्ठको अभिनय छ। चर्चित हाँस्य टेलिश्रृंखला ‘भद्रगोल’मा अभिनय गरेसँगै चर्चामा आएकी रक्षाले यसै फिल्मबाट डेब्यु गरेकी हुन् । मधुकुमार श्रेष्ठको प्रस्तुतिमा केदारप्रसाद पराजुली, कृष्ण लामिछाने र इश्वर तिवारीको लगानी फिल्ममा छ । स्काउटको कथावस्तुलाई उठान गरेको फिल्मको विभिन्न देशमा विशेष प्रदर्शन समेत भैसकेको छ । 
 चलचित्र स्काउटमा विभिन्न चलचित्रमा सफल अभिनय गरेर नेपाली दर्शक श्रोताहरुको मन जित्न सफल नायक श्रेष्ठको यस चलचित्रमा फरक खालको भूमिकामा बेजोड प्रस्तुतिको साथ अभिनय देख्न पाइने भएको छ । उनको मिलनसार स्वभाब, आफ्नो कामलाई सधै पहिलो प्राथमिकता दिदै मेहनतका साथ सम्पन्न गर्ने ब्यबहारका कारण र उत्कृष्ट अभिनयको कारणले गर्दानै उनी सबैको रोजाईमा पर्दै नेपाली चलचित्र क्षेत्रमा प्रिय बनेका छन्  ।
 
 त्यस्तै नायक श्रेष्ठ पर्दामा मात्र नायक नभएर वास्तविक रुपमा चलचित्र उध्योगको  नायक भएको कुरा चलचित्र विश्लेषकहरु बताउँछन्  । प्रवासमा बसेर पनि सधैं नेपाली कला, संस्कृति, कलाकारितालाई मायाँगर्दै नेपाली चलचित्रको उत्थानलाई पहिलो प्राथमिकता दिदै आफ्नो सम्पूर्ण जीवन यस क्षेत्रमा समर्पित गर्ने सोच लिएर अगाडी बढेका नायक श्रेष्ठको अन्य नयाँ चलचित्रहरु पनि चाँडै नै नेपाली दर्शक श्रोता माझ आउने कुरा श्री श्रेष्ठ बताउँछन् । 
प्रतिक्रिया दिनुहोस्