Logo

चीनद्दारा नेपाललाई १० लाख अमेरिकी डलर सहयोग

स्तावेज संवाददाता ,श्रावण ३१, गते ,२०७४ काठमाण्डौं – नेपालमा बाढि पहिरोका कारण भएको जनधनको क्षतिप्रति चीनले सहयोग गर्ने भएको छ । चीन सरकारले दुःख व्यक्त गर्दै आपत्कालीन सहायतास्वरुप नेपाललाई १० लाख अमेरिकी डलर नगद सहयोग गर्ने घोषणा गरेको हो । आज शुरु भएको नेपाल/चीन उपप्रधानमन्त्री स्तरीय वार्तामा चीनको राज्यपरिषदका उपप्रधानमन्त्री वाङ याङले उक्त घोषणा गरेका हुन् ।

द्दीपक्षीय वार्तामा नेपालको प्रतिनिधित्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारले गरेका छन् भने उपप्रधानमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्र नारायण देव र सम्बन्धित मन्त्रालयका सचिव लगायत बार्तामा सहभागी रहेका छन् । 

प्रतिक्रिया दिनुहोस्