Logo

बाढीले जताततै अस्तब्यस्त , धान खेत क्षत बिक्षत , पीडितको विचल्ली

स्तावेज संवाददाता, श्रावण ३१ गते, मंगलबार, २०७४४,  विराटनगर –  लगातारको वर्षापछिको बाढीका कारण डुबानमा परेको मोरङ पानी सुकेको ठाउँमा कुरुप देखिएको छ। केही स्थानमा भने अझै पानी बाँकी छ। विराटनगरको वडा नम्बर ६ का अधिकांश भू-भाग अझै डुबानमा छन् । पानीको सतह केही घटेपनि स्थानीयको दिनचर्या सामान्य बन्न सकेको छैन। पक्की घरबाहेक फुस र माटोका अघिकांश घर भत्केका छन् । 

आपूर्तिमन्त्री शिवकुमार मण्डलले त्यस ठाउँको अवलोकन गर्दै गुनासो सुनेका छन्। स्थानीयले भने समस्या पर्दाभन्दा समस्याको टर्दै गएपछि सरकारको उपस्थिति भएको भन्दै आक्रोश पोखेका छन्। 

विराटनगरबाट झण्डै ३० किलोमिटर टाढा नेताचोकबाट कर्सिया जाने बाटोमा बनेको पुल लोहन्द्रा खोलाले भत्काएको छ। बेलबारी- ५ मा पर्ने उक्त पुल र त्यसको पूर्वतर्फ सिंचाईका लागि लगिएको सुनसरी-मोरङ सिंचाई आयोजनाको नहरसमेत भत्किएको छ। जसका कारण उक्त नहरबाट सिंचाई हुँदै आएको हजारौं हेक्टर क्षेत्रफलको खेतमा बाली सुक्ने अवस्था आएको छ।

मोरङका अधिकांश खोला किनारका घरहरु बगेका छन्। खेती बगाएको छ। केहीले परिवारका सदस्य गुमाएका छन्। घरमा राखेको अन्नबाली पुरिएको छ। पैसा तथा धनसम्पत्ती नष्ट भएको छ। सयौं विगाहा जमिनमा लगाएको धानबाली लेदोले पुरिएको छ। स्थानीय किसानले सरकारसँग हारगुहार गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्