Logo

सुनसरीमा ज्यान जानेको संख्या १० पुग्यो, ६ जना वेपत्ता, ४५ सय विस्थापित

स्तावेज ,श्रावण २९ गते आईतबार २०७४,काठमाडौं – सुनसरीमा बाढीका कारण ज्यान गुमाउनेको संख्या १० पुगेको छ । ६ जना अझै पनि हराइरहेको प्रहरीले जनाएको छ । बाढीले बगाएर र डुवेर सुनसरीमा माया राई, रुपेश राई, रुश्मती राई, माला सदा, सिपी साह, इश्वर सुनुवार, अनिता धिमाल र डोमीदेवी मण्डलको ज्यान गएको छ । यस्तै एक मागीखाने पुरुष र खोलाले बगाएकी महिलाको भने सनाखत हुन सकेको छैन् । 

बाढी र डुवानका कारण सुनसरीमा  १३ हजार जना प्रभावित भएका छन् भने ४५ सय जना विस्थापित भएका छन् । केहीको उद्दार जारी छ । यस्तै जोखिममा रहेका ५ सय नागरिक उद्दारको पर्खाइमा रहेका छने ।

इनरुवा, भोक्राहा, वविया, बसन्तपुर, घुस्की लगायतका ठाउँका नागरिक उद्दारको पर्खाइमा रहेको प्रहरीले जनाएको छ । डुवान केही कम भएका ठाउँमा राहत वितरण सुरु भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्