Logo

प्रधानमन्त्रीले बोलाए आकस्मिक बैठक,बाढी प्रभावित क्षेत्रमा संकटकाल घोषणा गर्ने

स्तावेज ,श्रावण २९ गते आईतबार २०७४,काठमाडौं  –  प्रधानमन्त्री शेरबहादुर देउवाले आकस्मिक मन्त्रिपरिषदको बैठक बोलाएका छन् । अविरल परेको बर्षाका कारण आएको बाढी र पहिरोबाट करीव ५० जनाको निधन भइसकेपछि प्रधानमन्त्री देउवाले अपरान्ह ५ बजे बालुवाटारमा मन्त्रिपरिषदको बैठक बोलाएका हुन ।

 बाढी र पहिरोबाट प्रभावित जनताको पक्षमा कुनै निर्णय लिनै पर्ने भएकोले आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक बोलाइएको प्रधानमन्त्री देउवाको नीजि सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा लिइने निर्णयका बारेमा गृहकार्य भइरहेको छ ।

साँझ ५ बजे बालुवाटारमा बस्ने बैठकमा उद्दार तथा राहतबारे छलफल हुनेछ । साथै बाढी प्रभावित क्षेत्रमा संकटकाल घोषणा गर्नेबारे समेत छलफल भइरहेको समेत कुटनीतिक श्रोतले बताएको छ । 

प्रतिक्रिया दिनुहोस्