Logo

आपूर्तिमन्त्री शिवकुमार मण्डल मोरङ पुगेर राहत र उद्दारमा सक्रिय

स्तावेज संवाददाता ,श्रावण २९ गते आईतबार २०७४,बिराटनगर– आपूर्तिमन्त्री शिवकुमार मण्डल मोरङ्गको बाढी प्रभावित ठाउँहरुमा निरीक्षण र उद्धार तथा राहतमा खटिएका छन् । अविरल वर्षाका कारण मोरङ्गका विभीन्न स्थानहरु डुवान भएको खवरपछि शनिवार नै आकस्मिक रुपमा गाडीबाट विराटनगर गएका मन्त्री मण्डल आईतबार बिहानैदेखि खटिएका हुन् । 

 शनिबार रातीदेखि नै स्थानीय राजनीतिक दलहरु, प्रशासन, प्रहरी लगायतसंग छलफल गरेका मन्त्री मण्डल बिहानैदेखि डुवान प्रभावित क्षेत्रको निरीक्षणमा निस्किएका हुन् । बिहानैदेखि, रंगेली, कर्सिया, बलासा लगायतका क्षेत्रमा पुगेर निरीक्षण गरेको  मन्त्रीका स्वकिय सचिव दिपेन्द्र ओडारीले बताए ।

‘जलमग्न भएका स्थानहरुको अवस्थाबारे निरीक्षण गर्नुका साथै राहत र उद्धारको लागि स्थानीय निकायलाई निर्देशन दिईरहनुभएको छ’ ओडारीले भने ‘कतिपय स्थानमा मोटरबाटो पनि नभएकोले पैदलै हिँडेर निरीक्षण चलिहरहेको छ ।’ उक्त क्षेत्रमा टेलिफोनको नेटवर्क नै नभएको कारण सञ्चार सम्पर्क गरी उद्धार र राहतका लागि समस्या भएको छ । 

प्रतिक्रिया दिनुहोस्