Logo

पाँचथरको फालेलुङ गाउँपालिकाको विभिन्न स्थानमा पहिरोले पुरिएर ४ जनाको मृत्यु

स्तावेज संवाददाता,श्रावण २९ गते आईतबार २०७४ पाँचथर – पाँचथरको फालेलुङ गाउँपालिकाको विभिन्न स्थानमा पहिरोले पुरिएर ४ जनाको मृत्यु भएको छ। अविरल वर्षाका कारण शुक्रबार गएको पहिरोले घर पुरिँदा फालेलुङ १ को कुटीडाँडाका ८३ वर्षीया त्रिलोचन विकको मृत्यु भएको छ।

उनको शव नेपाली सेनाले पहिरोग्रस्त क्षेत्रबाट निकालेको छ। जिल्ला प्रहरी प्रमुख डिएसपी नकुल पोख्रेलका अनुसार घरमाथिबाट खसेको पहिरोले उनको २ वटा घर पुरिएको र २ घरमा पनि पूर्ण क्षति पुगेको छ।

सोही गाउँपालिकाको वडा नम्बर ४ मा रहेको मेमेङ-पञ्चमुखी–ताङलेपा पावर हाउसमा गएको पहिरोले पुरिएर स्थानीय विष्णुभक्त राई, गंगा राई र पार्थ राईको मृत्यु भएको छ।
उनीहरुको शव पुरिएको अवस्थामा रहेको र खोजी कार्य भइरहेको डिएसपी पोख्रेलले जानकारी दिए।

सोही पहिरोमा परी एकजना वृद्धा भने सामान्य घाइते भएकी छन्। पहिरोग्रस्त क्षेत्रमा नेपाली सेनाको उद्धार टोली केहीबेर अगाडि पुगेर उद्धार कार्य थालेको  छ ।

प्रतिक्रिया दिनुहोस्