Logo

बाह्रबिसे/काठमाडौं सडक भास्सिंदा सवारी आगमन अवरुद्ध

स्तावेज संवादादाता,श्रावण २६ गते बिहिबार,२०७४,काठमाण्डौं – अरनिको राजमार्ग अन्तर्गतको बाह्रबिसे/काठमाडौं सडकखण्डको महभिर भन्ने स्थानमा सडक भास्सिएपछि सवारी आगमन अवरुद्ध भएको छ । बुधबार बिहानदेखि ठप्प भएको सडक स्काभेटर नआउँदा अझै खुल्न नसकिरहेको बेला त्यहाँ पहिराे पनि खस्न थालेको छ । बाह्रबिसेबाट मात्र १ घण्टाको दुरीमा रहेको महभिर यताको सडक अविरल वर्षाले तीन फीट जति भास्सिएको छ भने माथिबाट पहिराे खस्न थालेको छ । स्काभेटर आए दिउँसोसम्ममा बाटो खुल्ने इलाका प्रहरी कार्यालयका प्रमुख पन्चकुमार बाखुले बताए ।

 

भोटेकोसी बाढीले पहिले पनि कटानमा पारेको उक्त सडक मर्मत गरेर संचालन गरिएको थियो । अहिले सडक भास्सिदा आवत जावत गरिरहेका यात्रु अलपत्र परेका छन् । वरिपरिका सडकका संरचना पनि भास्सिएकाले सडक पूरा ममर्त गर्न समय लाग्ने देखिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ । बाह्रबिसे-काठमाडौं सडकखण्डको जुरे, बलेफिपछि अहिले महभिरमा पनि सडक भास्सिने समस्या थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्