Logo

भारतीय विदेशमन्त्री सुष्मा स्वराजद्दारा राष्ट्रपति विध्या भण्डारीसँग मैत्रिपूर्ण भेटघाट

स्तावेज संवादादाता,श्रावण २६ गते बिहिबार,२०७४, काठमाडौं – राष्ट्रपति विध्यादेवी भण्डारीसँग बिहीबार भारतीय विदेशमन्त्री सुष्मा स्वराजले भेट गरेकी छन् । विमस्टेकको मन्त्रिस्तरीय सम्मेलनमा सहभागी हुन काठमाडौं आएकी स्वराजले शितल निवासमा राष्ट्रपति भण्डारीसँग भेट गरेकी हुन् ।

 भेटमा दुई देशबीच रहेको ऐतिहासिक तथा मैत्रिपूर्ण सम्बन्धलाई थप सुमधुर र प्रगाढ वनाउने विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ । भेटका अवसरमा भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय र नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरी एवम् दुवै सरकारका उच्चपदस्थ अधिकारीहरु पनि सहभागी थिए ।

 बिहीबार सुरु भएको विमस्टेकको मन्त्रिस्तरीय सम्मेलनमा सहभागी हुन भारतीय विदेश मन्त्री स्वराज बिहीबार नै काठमाडौं आएकी हुन्।

प्रतिक्रिया दिनुहोस्