Logo

नेपालबाट १२ सय जना हजयात्री साउदी अरबतर्फ जाँदै, १३० जनालाई गृहमन्त्रीले गरे बिदाई

स्तावेज संवादादाता,श्रावण २६ गते बिहिबार,२०७४, काठमाडौं  – साउदी अरेबियाको मक्का मदिनामा हज गर्न नेपाली हजयात्रीहरु बिहीबार साउदी अरबतर्फ गएका छन् । १ सय ३० जना नेपाली हजयात्री एयर अरेबियाको विमानमार्फत साउदी अरेबियातर्फ गएका हुन्। हजयात्रीहरुलाई गृहमन्त्री जनार्दन शर्माले अन्तर्राष्ट्रिय विमानस्थलमा बिदई गरेका छन्।

 गृह मन्त्रालयको समन्वयमा यसबर्ष कुल १२ सय १० जना मक्का मदिनामा हज गर्न जाने केन्द्रीय हज समितिले जानकारी दिएको छ। हज समितिले बनाएको टुर प्याकेज अनुसार हजयात्रीहरु ४५ दिनपछि नेपाल फर्कनेछन्।  

प्रतिक्रिया दिनुहोस्