Logo

चटपटमा हर्पिक मिसाउने गरेको खुलासा पर्वतमा चटपट बेच्न प्रतिबन्ध

स्तावेज संवादादाता,श्रावण २६ गते बिहिबार,२०७४ पर्वत  – सडकमा ठेलामा राखेर बिक्री वितरण हुँदै आएको चटपटमा चर्पी सफा गर्न प्रयोग हुने हर्पिक मिसाउने गरेको पाइएपछि म्याग्दी सदरमुकाम बेनीमा चटपट बेच्न प्रतिबन्ध लगाइएको छ । बेनी नगरपालिका र वडा कार्यालयले संयुक्त रुपमा गरेको अनुगमनका क्रममा चटपटमा हर्पिक मिसाउने गरेका पाइएको बेनी– ७ का वडा सदस्य राजेन्द्रबहादुर श्रेष्ठले जानकारी दिए।

स्वाद अमिलो बनाउन हर्पिक मिसाउने गरेको पाइएको उनले बताए। चटपट व्यवसायीले अखाद्य वस्तु मिसाउनुका साथै सरसफाईमा पनि ध्यान नदिएकाले प्रतिबन्ध लगाउनु परेको उनले जानकारी दिए। यसका साथै सडकमा जथाभावी राखिने ठेला तथा त्यसमा जम्मा हुने मानिसहरुको भीडभाडले दुर्घटनासमेत बढेको बेनी नगरपालिकाको कार्यालयले जनाएको छ।

 यसरी सडक तथा गल्लीहरुमा जथाभावी राखिएका फलफूल, लत्ताकपडा तथा श्रृंगारका सामानहरुलाई स्थायी पूर्वाधार बनाएर बजारकै कुनै एक ठाउँमा व्यवस्थित गर्ने नगरपालिकाको तयारी छ।

प्रतिक्रिया दिनुहोस्