जन्मको आधारमा नागरिकता पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर
दस्तावेज संवादादाता,श्रावण २५ गते बुधवार २०७४ पर्सा– संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदीप यादवले जन्मको आधारमा नागरिकता पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले वीरगञ्ज महानगरपालिका, पर्सा जिल्ला प्रसाशन, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कायर्यालय र ब्यवस्थापिका संसदलाई विपक्षी बनाएका छन् ।
जन्मको आधारमा नागरिकता पाएका ब्यक्तिका छोराछोरीलाई जिल्ला प्रशासन कार्यालयले नागरिकता दिन इन्कार गरेकाले नागरिकताको अभावममा मताधिकार र सम्पतिलगायतबाट बञ्चित हुनुपरेकाले न्यायालय पुग्नुपरेको यादवले बताए । बंशज नागरिक आमा र जन्मसिद्ध नागरिक बुवाबाट जन्मेकी र नागरिकताबाट बञ्चित एक जना किशोरी स्विटी चौरसिया समेत रिट निवेदक रहेकी उक्त रिटमा उत्प्रेषण र परमादेश माग गरिएको छ ।
नेपालको संबिधानको धारा १० ले नेपालको कुनै पनि नागरिकलाई नागरिकताबाट बञ्चित गर्ने छैन भन्ने संबैधानिक ब्यवस्था गरे अनुसार बर्तमान सरकार आफैले संबिधानले र देशका अरु कानूनले दिएको नागरिकताको अधिकार र ब्यवस्था गरेको कानून पालना नगरेको निवेदकहरुको दावी छ ।
नागरिकता सम्बन्धी ऐन २०६३ अनुसार बनेको नेपाल नागरिकता नियमावलीको दफा ३ ले १६ बर्ष उमेर पुगेका नागरिकले आमा वा बाबु वा नजिकको नातेदारको नागरिकता, जन्मदर्ता वा जन्म स्थान तथा समय खुल्ने सम्बन्धीत अधिकारीले गरिदिएको सिफारिस प्रमुख जिल्ला अधिकारीसमक्ष पेश गरेर नागरिकता लिन सक्ने प्रावधान तोकेको छ । रिटमा सर्वोच्च अदालतले साउन २७ शुक्रवार सुनुवाईको लागि पेशी तोकेको छ ।