Logo

इरानमा राष्ट्रपतिद्दारा तीनजना महिला उपराष्ट्रपति नियुक्त

स्तावेज ,श्रावण २५ गते बुधवार २०७४ काठमाडौं –पुरुषलाई मात्रै मन्त्री बनाएकोमा आलोचना खेपिरहेका इरानका राष्ट्रपतिले दुईजना महिलालाई उपराष्ट्रपति र एकजनालाई नागरिक अधिकारसम्बन्धी सहायक नियुक्त गरेका छन् । इरानका राष्ट्रपति हसन रुहानीले दुईजना महिलालाई उपराष्ट्रपति र एकजनालाई नागरिक अधिकारसम्बन्धी सहायक नियुक्त गरेका छन् । पुरुषहरुलाई मात्रै मन्त्री बनाएकोमा आलोचना भएपछि राष्ट्रपतिले पछिल्लो नियुक्ति गरेका हुन् । इरानका १२ जना उपराष्ट्रपतिले राष्ट्रपतिसँग सम्बन्धित संगठनहरु हेर्दछन् । सन् १९७९ मा इरानमा इस्लामिक क्रान्ति भएयता एकजना महिला मात्रै मन्त्री बनेकी छन्।

रुहानीद्दारा गठित मन्त्रिपरिषद्लाई संसद्ले अनुमोदन गर्नुपर्ने हुन्छ । नयाँ मन्त्रिपरिषदमा सुन्नी मुस्लिमका पनि कोही प्रतिनिधिलाई समावेश गराइएको छैन। उनीहरुको जनसंख्या १० प्रतिशत छ।

मोव्लावेर्दीले पुरुषहरुलाई मात्रै मन्त्री बनाइनुले इरान ‘निष्क्रिय’ रहेको देखाएको टिप्पणी गरिन् । मोव्लावेर्दी र एब्तेकारले अघिल्लो सरकारमा पनि उपराष्ट्रपति पद सम्हालेका थिए । सुधारवादीहरुले नयाँ मन्त्रिपरिषद्‍मा विविधता नहुनुले धार्मिक संस्थापनको दवावका सामु रुहानी झुकिरहेको संकेत गरेको बताएका छन् । कडा धारका उम्मेदवारहरुलाई हराउँदै गत मे महिनाको राष्ट्रपतीय चुनावमा रुहानी दोस्रो कार्यकालका लागि बहुमतले निर्वाचित भएका थिए। 

प्रतिक्रिया दिनुहोस्