Logo

निजी क्षेत्रको पहिलो फिल्म ‘माइतीघर’की अभिनेत्री माला सिन्हालाई सिने सर्कल अवार्ड – २०७४ द्दारा सम्मान

स्तावेज संवादादाता,श्रावण २५ गते बुधवार २०७४ काठमाडौं –  वि. सं. २०२२ मा नेपालमा बनेको निजी क्षेत्रको पहिलो फिल्म ‘माइतीघर’की अभिनेत्री माला सिन्हा काठमाडौँ आएकी छन् । भारतीय फिल्म क्षेत्रमा लामो समय काम गरेकी उनी काठमाडौँमा भएको सिने सर्कल अवार्ड वितरण समारोहमा सहभागिता जनाउन आएकी हुन् ।

मालासँगै उनका पति सीपी लोहनी पनि काठमाडौँ आएका छन् । सीपी माइतीघर फिल्मका कलाकार हुन् । एलजी सिने सर्कल अवार्ड २०७४ मा माला र सीपीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले सम्मान गरेका थिए । मालालाई सम्मान गर्न पाउनु आफ्नो लागि महत्त्वपूर्ण क्षण भएको उपराष्ट्रपति पुनले बताए । सिन्हा कार्यक्रममा भावुक बनेकी थिइन् । उनले नेपालका उपराष्ट्रपतिबाट सम्मानित हुन पाएकोमा गौरवान्वित भएको बताइन् ।

उनले नेपाली जनताले देखाएको मायाले आफूलाई प्रेरणा मिलेको पनि बताइन्।  तत्कालीन समयमा भारतीय फिल्म क्षेत्रमा व्यस्त नायिका माला नेपाली फिल्म माइतीघरमा अभिनय गर्न नेपाल आएकी थिइन् । नेपाल आएको बेला उनी र नेपाली कलाकार एवं उद्योगी सीपी लोहनी प्रेममा परेका थिए। पछि उनीहरूले प्रेम विवाह गरेका थिए ।  आर्मी अफिसर्स क्लब भद्रकालीमा भएको अवार्ड वितरण कार्यक्रममा नेपाली फिल्म क्षेत्रमा संलग्न कलाकार, खेलाडी, उध्योगी लगायतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्