Logo

के तपाईंंलाई हानिकारक विकिरणको खतरा देखाउँदै मोबाइल, टिभीबाट टाढा बस्‍न म्यासेज आएको छ ? नडराउनुस्

स्तावेज संवादादाता,श्रावण २५ गते बुधवार २०७४ काठमाडौं  –  आज राति साढे १२ बजेदेखि साढे ३ बजेसम्म मोबाइल फोन, ट्याब्लेट, ल्यापटप, कम्प्युटर आदि नचलाउनुस् वा टाढा रहनुस् भन्दै तपाईँको फेसबुक वा अन्य सोसल मिडियामा म्यासेज आएको छ ? यदि यस्तो म्यासेज पाउनु भएको छ वा हल्ला सुन्नुभएको छ भने नडराउनुस्।

 ‘सिंगापुर टेलिभिजनले समाचार प्रसारण गरेको’ वा यस्तै केही मिडियाको नाम लिएर ‘आफ्नो परिवार तथा साथीभाइलाई पनि खबर गर्नु’ भन्ने आग्रहसहित आउने म्यासेज सत्य होइनन् । यी त धेरै वर्षदेखि इन्टरनेटमा चलिरहने हल्लामात्र हुन् ।

गत सोमबार चन्द्र ग्रहणको मौका पारेर नेपालमा पनि इन्टरनेटमा यस्ता हल्लाहरू मच्चाएको भेटिएको छ। पृथ्वीको नजिकबाट उच्च विकिरण जाने भन्दै शरीरमा ठूलो क्षति हुने हल्ला सहितका म्यासेजहरू फेसबुकमा शेयर भैरहेको देखिन्छ।

 त्यस्ता म्यासेजमा हल्ला विश्वास गरुन् भनी गुगल, नासा, बीबीसी लगायत मिडिया हेर्न पनि भनिएको हुन्छ । एक रिपोर्टका अनुसार फिलिपिन्समा सन् २०१० मा यस प्रकारको हल्ला मच्चिएको थियो। यस्तै खालको हल्लाको पछि लाग्दा अफ्रिकी मुलुक घानाका मानिसले कति दुःख पाएका थिए भन्नेबारे बीबीसीले सन् २०१० मा एउटा रिपोर्ट छापेको थियो ।

भूकम्प जाने हल्लाले त्यहाँका कयौँ मानिस घरबाहिर सुत्न बाध्य भएका थिए । यदि तपाईँले पनि त्यस्तो म्यासेज पाउनु भएको छ भने अनावश्यक हल्ला फैलिन नदिन र अरुलाई पनि हल्लाका पछि नलाग्न सहयोग गर्नुहोला।

प्रतिक्रिया दिनुहोस्