Logo

नेपाली सिने क्षेत्रको उत्थानका लागि अनवरत रुपले समर्पित रहने मेरो योजना रहेको छ ।

“जसले दिर्घकालिन सोच बनाएर अगाडी बढ्छ उसले एक दुईवटा पाईला चाल्दैमा पछि हट्दैन । म लामो समय अगाडिदेखि नेपाली सिनेमालाई व्यवसायीक रुपले उचाईमा पुर्याउनको लागि कटिवद्ध भएर लाग्न खोजेको मान्छे हुँ । मेरो उद्देश्य नेपाली सिने क्षेत्रलाई उत्कृष्ट सिनेमा दिने र नेपाली कला संस्कृतिलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रवर्द्दन गर्नु रहेको छ । मलाई विश्वास छ म उत्कृष्ट नेपाली सिनेमा बनाउन सफल हुनेछु । दर्शकहरुको मायाँ,ममता र सद्भाव पाएमा आगामी दिनहरुमा नेपाली सिने क्षेत्रको उत्थानका लागि अनवरत रुपले समर्पित रहने मेरो योजना रहेको छ । “

             – निर्माता श्री प्रेम प्रसाद पौडेल

पिता परशुराम पौडेल र माता भिमादेवी पौडेलको कोखबाट सुनसरी जिल्लाको बराह नगरपालिकामा जन्मनुभएका नव निर्माता श्री प्रेम प्रसाद पौडेल सकारात्मक सोच लिएर अगाडी बढ्ने ब्यक्तिमध्ये एक हुनुहुन्छ । यसका साथै उहाँ नेपाली सामाजिक परिवेश र बिदेशी भूमिको रहन सहनलाइ नजिकबाट नियाल्नुभएको एक सफल  ब्यवसायी पनि हुनुहुन्छ ।

 अमेरिकाको साँस्कृतिक राजधानी मानिने न्यूयोर्क शहर जसमा नेपालीहरु र साउथ एशियनहरुको बाहुल्य रहेको र अत्यधिक चहल पहल रहेको एउटा सानो बजारको नाम हो ज्याक्सन हाईट,जुन हाल उहाँको कर्मथलो बनेकोछ । त्यही ज्याक्सन हाईटमा हुँदा होस् या मातृभूमी नेपालमा रहँदा होस्,हमेशा हँसिलो मुहार लिएर सबैसँग हातेमालो गर्न र सबैलाई सहयोग गर्न तयार रहने सहयोगी हातहरुमध्ये श्री पौडेलको नाम अग्रपंक्तिमा आउँछ।

 सम्भावनाको खोजी गर्दै,ब्यवसायिक रुपमा सयौं देशको भ्रमण गरि अन्तमा Land of Opportunity अर्थात् सपनाको शहर अमेरिकाको न्यूयोर्कमा रेष्टुरेन्ट ब्यवसायबाट स्थापित भईसक्नुभएका श्री पौडेलले आफ्नो क्षमतालाई व्यापारमा मात्र सीमित गराएर राख्नुभएन । देश बिदेशमा रहेर सामाजिक अभियन्ताको रुपमा दर्जनौं परोपकारी कार्यहरु गरेर एक उदाहरणीय ब्यक्तित्वको रुपमा आज उहाँले आफ्नो नाम स्वर्णिम अक्षरमा लेखाईसक्नुभएको छ ।

निर्माता श्री प्रेम पौडेल परदेशी भूमीमा रहेरपनि आफूकहाँ आउने अतिथीहरुलाई “अतिथी देवोभव”को उक्ति चरितार्थ गर्न कहिल्यै पछाडि पर्नहुन्न । आफूकहाँ आउने पाहुनाहरुलाई आफ्नो हैसियत अनुसारको स्वागत सत्कार गर्न  कहिल्यै चुक्नुहुन्न।

उहाँ आगामी दिनहरुमा ब्यवसायिक रुपमा नेपाली कला क्षेत्रको संरक्षण सम्वर्द्दन तथा प्रवर्द्दनको लागि अगाडि बढ्ने संकल्प लिएर तन,मन,धनले नेपाली सिने जगतमा  पहिलो पाईला चाल्दै हुनुहुन्छ । उहाँको भित्री ईच्छ्या उत्कृष्ट नेपाली सिनेमा बनाउने रहेकोछ। जुन ब्यवसायिक,आर्थिक,सामाजिक रुपले नै उत्कृष्ट रहने उहाँको दावी छ।

“धेरै अगाडिदेखि व्यवसायिक रुपले उत्कृष्ट नेपाली सिनेमा बनाएर नेपाली सिने बजार लगायत राष्ट्रिय अन्तराष्ट्रिय जगतमा प्रदर्शन,प्रवर्द्दन एवं बितरण गर्ने मेरो चाहना थियो ,तर विविध कारणवश सकिरहेको थिईन । “तँ आँट म पुर्याउँछु ” भनेझैं एकदिन नेपाली सिने जगतमा २५ बर्षसम्म अनवरत रुपले निर्देशकको अनुभव सँगाल्नुभएका बरिष्ठ सिने निर्देशक श्री एभरेष्ट सूर्य बोहराज्यूसँग मेरो भेट भयो । उहाँले निकै राम्रा सुपरहिट सिनेमाहरु नेपाली चलचित्र क्षेत्रलाई दिईसक्नुभएको छ । यसका साथै उहाँ अमेरिकामा रहेर उच्चशिक्षा हासिल गरिसक्नुभएको एक कुशल निर्देशक पनि हुनुहुन्छ । उहाँसँग पर्याप्त शैक्षिक ज्ञानका साथसाथै नेपाली कला क्षेत्रलाई कसरी उत्कृष्ट बनाउने भन्नेबारे प्रशस्त अनुभव छ । उहाँको पवित्र सोच र उदार बिचारका कारण आज कलाकार बिक्रान्त बस्नेत,गायक एम बराल र समाजसेवी तथा व्यवसायी प्रेम पौडेल हामीसबै हातेमालो गर्दै आज नयाँ फिल्म “भैरे” मार्फत नयाँ उत्साहका साथ एउटै टिममा उभिन सफल भएका छौं ।”

नेपाली सिनेमा समयको माग अनुसार हुनुपर्छ ,आज बन्ने नेपाली सिनेमाले बर्तमान समयको कथा भनिनुपर्छ ,हिजोको पुस्तालाई सम्मान गरिनुपर्छ ,भावी पुस्तालाई प्रोत्साहन गरिनुपर्छ भन्ने पवित्र भावना राख्ने निर्माता प्रेम पौडेलज्यूको नेपाली चलचित्र क्षेत्रमा भएको आगमनले पक्कैपनि नेपाली सिनेमाको आर्थिक,सामाजिक,व्यवसायिक स्तर उकास्न उल्लेखनिय भूमिका खेल्नेछ । भविष्यमा उहाँले बनाउने नेपाली सिनेमाहरु ब्यवसायिक हुनेछन् ,मनोरञ्जनात्मक हुनेछन्  अनि अर्थपूर्ण हूनेछन् । यसका साथै नेपाली सिनेमाले भावी पुस्तालाई सही दिशानिर्देश गर्नमा अग्रगामी भूमिका खेल्नुपर्ने उहाँको ठहर छ।

सिनेमा निर्माण गर्ने भनेको एउटा पुल बनाएको जस्तै हो ,जुन बलियो र दिर्घकालिन हुन जरुरी छ । जसमा टेकेर भावी पुस्ताले आफ्नो बाँकी जीवन सहजै गुजार्न सकुन् ,सकारात्मक पाठ सिकेर अगाडि बढ्न सकुन् भन्ने उहाँको चाहना रहेको छ  । तसर्थ ईतिहासरुपि पुल बनाउन एक्लो प्रयासले सम्भव छैन त्यसको लागि बलियो टिमको आवश्यकता पर्दछ भन्ने भनाई राख्ने निर्माता प्रेम पौडेल एउटा सशक्त टिम लिएर नेपाली चलचित्र क्षेत्रमा पाईला चाल्दै हुनुहुन्छ।

नेपाली चलचित्र क्षेत्रमा एक कुशल निर्माताको अभाव खड्केको परिप्रेक्ष्यमा एक अनुभवी एवं ब्यवसायिक निर्माताको रुपमा श्री पौडेल अगाडि आउनुभएकोछ । भविष्यमा लगातार नेपाली फिल्मको माध्यमद्धारा नेपाली कला संस्कृतीको जगेर्ना गर्ने उहाँको लक्ष्यरहेको छ । हामी जहाँ भएपनि आफ्नो तर्फबाट समाज परिवर्तन र देश विकासको निमित्त योगदान दिन जरूरी छ ” भन्ने भनाई राख्ने श्री पौडेल मातृभूमीबाट टाढा रहेर पनि नेपाली सिनेमाको माध्यमद्धारा देश विकास र समाज परिवर्तनको भाव बोकेर अगाडी बढ्दै हुनुहुन्छ ।

“एक उत्कृष्ट सिनेमाको सफलताको लागि उत्कृष्ट कथा,पटकथा,संवाद,दूरदर्शी निर्माता कुशल निर्देशक र पवित्र सोच भएको टिम हुनु जरुरी छ । मलाई लाग्छ हाम्रो टिम यी सबै कुराहरुले परिपूर्ण छ । हाम्रो टिमले भावी दिनहरुमा नेपाली सिने क्षेत्रको स्तर उकास्न उल्लेखनिय योगदान गर्ने सवालमा कुनै कसर बाँकी राख्ने छैन । आशा छ हामी लक्ष्यमा पुग्न सफल हुनेछौं ।”

 नेपाली सिने बजारमा अहिले नयाँ नयाँ नेपाली चलचित्र आउने जाने क्रम निकै बढ्दो छ । साथै नयाँ निर्माता आउनेक्रम पनि निकै तिब्र रहेकोछ । यसैबीच अहिले आफ्नो पहिलो चलचित्र ‘भैरे’ लिएर नवनिर्माता प्रेम प्रसाद पौडेल ज्यू नेपाली चलचित्र क्षेत्रमा पहिलो पाईला टेक्दै हुनुहुन्छ ।

 प्रवासमा रहेरपनि बाँकी जीवन नेपाली चलचित्र क्षेत्रको उत्थानको लागि खर्चिने उहाँको योजना रहेकोछ । दूरदर्शी सोच एवं उत्साहका साथ नेपाली चलचित्र क्षेत्रमा प्रवेश गर्नुभएका नवनिर्माता श्री प्रेम प्रसाद पौडेलज्यूसँग दस्तावेजका सम्पादक श्री दीपशिखा शर्माले लिनुभएको अन्तवार्ताको सम्पादित अंश,

 १) प्रेम जी ! सर्बप्रथम दस्तावेज डट कमको तर्फबाट यहाँलाई हार्दिक स्वागत छ ।

    —धन्यबाद तपाईँलाईपनि ।

२) तपाईँ लामो समयपछि एक नव निर्माताको रुपमा व्यवसायिक रुपले नेपाली सिने क्षेत्रमा प्रवेश गर्दै हुनुहुन्छ       यसको कुनै खास कारण छ कि ?

 — एक व्यवसायिक सिनेमा निर्माताको रुपमा आज म प्रवेश गर्नुको कारण बालकालदेखिको साहित्य कला र संस्कृति प्रतिको शौख एवं अहिलेको नेपाली सिनेमा क्षेत्रको बढ्दो बजार जस्ता बिभिन्न कुराहरुको सम्मीश्रणका साथै नेपाली सिने जगतमा व्यवसायिक रुपले लाग्नुभएका असल साथीभाईको मायाँ सद्भाभ अनि प्रेरणाले नै हो । 

३) निर्माता बन्ने सोच कसरी आयो तपार्इँलाई ?

– आफू देश बाहिर बसेतापनि देशको स्थिथिलाई नजिकबाट नियालेको छु । मलाई लाग्छ हामी जहाँ भएपनि आफ्नो तर्फबाट समाज परिवर्तन र देश विकासको निमित्त योगदान दिन जरूरी छ   । त्यसैले चलचित्रको माध्यमबाट समाज परिवर्तन र देश विकासमा टेवा पुर्याउन सकिन्छ भन्ने विश्वासले नै निर्माताको भूमिका निर्वाह गरेको हुँ ।

४) एउटा उत्कृष्ट सिनेमा बन्नको लागि कुन कुराले महत्वपूर्ण भुमिका खेल्दछ ?

— एउटा उत्कृष्ट सिनेमा बन्नको लागि उत्कृष्ट कथाबस्तु ,लेखन,पटकथा संवादका साथै गीत संगीतपनि उत्कृष्ट हुनु जरुरी छ । यसका साथै कुशल निर्देशकको भूमिका अपरिहार्य रहन्छ ।

५) तपार्इँ आजसम्म अमेरिकामा र नेपालमा रहेर व्यवसाय गर्नुभएको मान्छे , बिश्व भ्रमणका साथै बिभिन्न अनुभव र अनुभुतीहरु सँगालेको मान्छे,अहिले बल्ल एक निर्माताको रुपमा नेपाली सिने क्षेत्रमा प्रवेश गर्नुभएको छ । नेपाली सिने क्षेत्रमा आउन अलिक ढिला भएन र ?

—धेरै अगाडिदेखि व्यवसायिक रुपले उत्कृष्ट नेपाली सिनेमा बनाएर नेपाली सिने बजार लगायत राष्ट्रिय अन्तराष्ट्रिय जगतमा प्रदर्शन,प्रवर्द्दन एवं बितरण गर्ने मेरो चाहना थियो ,तर विविध कारणवश सकिरहेको थिईन । “तँ आँट म पुर्याउँछु ” भनेझैं एकदिन नेपाली सिने जगतमा २५ बर्षसम्म अनवरत रुपले निर्देशकको अनुभव सँगाल्नुभएका बरिष्ठ सिने निर्देशक “श्री एभरेष्ट सूर्य बोहरा” ज्यूसँग मेरो भेट भयो । उहाँले निकै राम्रा सुपरहिट सिनेमाहरु नेपाली चलचित्र क्षेत्रलाई दिईसक्नुभएको छ । यसका साथै उहाँ अमेरिकामा रहेर उच्चशिक्षा हासिल गरिसक्नुभएको एक कुशल निर्देशक पनि हुनुहुन्छ । उहाँसँग पर्याप्त शैक्षिक ज्ञानका साथसाथै नेपाली कला क्षेत्रलाई कसरी उत्कृष्ट बनाउने भन्नेबारे प्रशस्त अनुभव छ । उहाँको पवित्र सोच र उदार बिचारका कारण आज कलाकार बिक्रान्त बस्नेत,गायक एम बराल र समाजसेवी तथा व्यवसायी प्रेम पौडेल हामीसबै हातेमालो गर्दै आज नयाँ फिल्म “भैरे” मार्फत नयाँ उत्साहका साथ एउटै टिममा उभिन सफल भएका छौं । 

६) आजकल नेपाली सिनेमा प्रवेश गर्ने नव निर्माताहरुको लहर नै चलेको छ । नेपाली सिने बजारमा बर्षमा सयौं सिनेमा बनाईन्छन् त्यसमध्ये बिदेशमा रहेका निर्माताहरुले एक दुईवटा सिनेमा बनाउने र हराएर जाने क्रम जारी छ । त्यसबारेमा तपाईँ के भन्न चाहनुहुन्छ ?

—जसले दिर्घकालिन सोच बनाएर अगाडी बढ्छ उसले एक दुईवटा पाईला चाल्दैमा पछि हट्दैन । म लामो समय अगाडिदेखि नेपाली सिनेमालाई व्यवसायीक रुपले उचाईमा पुर्याउनको लागि कटिवद्ध भएर लाग्न खोजेको मान्छे हुँ । मेरो उद्देश्य नेपाली सिने क्षेत्रलाई उत्कृष्ट सिनेमा दिने र नेपाली कला संस्कृतिलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रवर्द्दन गर्नु रहेको छ । मलाई विश्वास छ म उत्कृष्ट नेपाली सिनेमा बनाउन सफल हुनेछु । दर्शकहरुको मायाँ,ममता र सद्भाव पाएमा आगामी दिनहरुमा नेपाली सिने क्षेत्रको उत्थानका लागि अनवरत रुपले समर्पित रहने मेरो योजना रहेको छ ।

७) तपाईँ भविष्यमा एक कुशल निर्माता रहनेमा अब कुनै शंका रहेन किनकी एक उत्कृष्ट नेपाली सिनेमा बनाउने सवालमा तपाईँभित्र दह्रो आत्मबिश्वास छचल्किएको पाईन्छ जुन नेपाली सिने जगतका लागि अत्यन्त सकारात्मक पक्ष हो । तपाईँको बिचारमा उत्कृष्ट सिनेमाको सफलताको सुत्र के हो त ?

— एक उत्कृष्ट सिनेमाको सफलताको लागि उत्कृष्ट कथा,पटकथा,संवाद,दूरदर्शी निर्माता कुशल निर्देशक र पवित्र सोच भएको टिम हुनु जरुरी छ । मलाई लाग्छ हाम्रो टिम यी सबै कुराहरुले परिपूर्ण छ । हाम्रो टिमले भावी दिनहरुमा नेपाली सिने क्षेत्रको स्तर उकास्न उल्लेखनिय योगदान गर्ने सवालमा कुनै कसर बाँकी राख्ने छैन । आशा छ हामी लक्ष्यमा पुग्न सफल हुनेछौं ।

८) प्रेम जी ! थोरै प्रसंग बदलौं …………तपाईँको बिगतदेखि बर्तमानसम्मको अनुभव र अनुभतीलाई सारांशमा कसरी भन्न चाहनुहन्छ ?

— हेर्नस् ……….बिगतदेखि बर्तमानसम्म देश,समाज र परिवारको लागि पर्दा पछाडि रहेर बिताएँ । आगामी दिनहरुमा चलचित्रको पर्दा अगाडी रहेर नेपाली सीने जगत र कला संस्कृतीको जगेर्ना गरेर बिताउने बिचारमा छु ।

९ )तपाईँलाई देशभित्रको पनि अनुभव छ र बाहिरको पनि,तपाईँको बिचारमा नेपाली चलचित्रको भविष्य कस्तो छ त ?
– मलाई लाग्छ नेपाली चलचित्रको भविष्य निकै उज्ज्वल छ किनभने यतामात्रै हैन देश बाहिर पनि नेपाली चलचित्रको मायाँ मोह र माग अत्याधिक रहेको छ । हामीले राम्रोकुरा सहि ढंगले प्रस्तुत गर्न सक्यौंभने अन्तराष्ट्रिय बजारमा समेत अरुको तुलनामा नेपाली चलचित्रको स्तर निकै माथिसम्म हुनेछ ।

१०) अन्तमा दस्तावेज डट कम मार्फत संसारभर छरिएर रहेका नेपाली सिनेमाप्रेमी दर्शकहरुलाई केहि भन्न            

   चाहनुहुन्छ ?

— चलचित्र “भैरे” मार्फत नेपाली  सिने जगतमा मेरो पहिलो पाईला हो । बरिष्ठ निर्देशक एभरेष्ट सूर्य बोहराको निर्देशनमा एक बलियो टिमका साथ हामी आईरहेका छौं । यसकारण भैरे सन् २०१८ को एक उत्कृष्ट सिनेमा बन्नेमा कुनै शंका छैन । त्यसैले यस फिल्मलाई संसारभर छरिएर रहेका नेपाली सिने प्रेमीहरुले मायाँ गरिदिनुहुनेछ भन्ने आशा लिएको छु । यसका साथै दस्तावेज डट कमले मेरो भनाईहरु सार्बजनिक गर्ने मौका दिएकोमा दस्तावेज डट कम परिवारप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।

         Deepshikha Sharma

      [email protected]

प्रकाशित मिती २०७४ साल श्रावण २५ गते बुधवार 

प्रतिक्रिया दिनुहोस्