Logo

नेपाली चलचित्रलाई विश्वसामु चिनाउने मेरो सपना हो – नायक बिक्रान्त बस्नेत

 
स्तावेज,श्रावण १९,२०७४, काठमाण्डौं – बिक्रान्त बस्नेत नेपाली सिनेमाका दर्शकहरुका लागी कुनै नौलो नाम होइन । उहाँले बिगतमा धेरै चलचित्रहरुमा काम गरिसक्नुभएको छ । जस्तै दिपक रायमाझीद्दारा निर्देशित चलचित्र बज्रपात,शोभित बस्नेतद्दारा  निर्देशित चलचित्र “मिसन लभ इन सिक्किम” र “बारुद’,उकेष दाहालद्दारा निर्देशित चलचित्र “पल पलमा”,मदन घिमिरेद्दारा  निर्देशित चलचित्र “मिस्टर डन” र सुमित्रा श्रेष्ठद्दारा निर्देशित चलचित्र प्रेम युद्ध लगायत करिब चार दर्जन जति सुपरहिट चलचित्र हरुमा लगभग काम गरिसक्नुभएको छ । किनारा टेलिसिरियल नब्बे भागमा प्रसारित भएको नेपाल टेलिभिजन मार्फत यो टेलिसिरियलमा उहाँले अत्यन्तै दर्शकहरुको मनछुने चरित्रमा काम गर्नुभएको छ । 
  बि.सं २०६० सालतिर चलचित्र क्षेत्रमा प्रबेश गर्नुभएका कलाकार बिक्रान्त बस्नेत कहिँ न कहिँ कुनै न कुनै ठाउँमा अनबरत रुपमा लागी परेका नेपाली समाजका एक प्रखर र जोशिला युवा कलाकार हुनुहुन्छ । करिब ६-७ बर्ष देखि अमेरिका र नेपालको जिम्मेवारी  बहन गर्दै आउनुभएको विक्रान्त सानै उमेरदेखि शारीरिक ब्यायाम र खेलकुदमा अतिरिक्त रुची राख्नुहुन्थ्यो । उहाँ अहिले अमेरिकामा ब्यायाम प्रशिक्षकको रुपमा कार्यरत हुनुहुन्छ । सिक्ने र सिकाउने काम कहिलै नसकिने रहेछ भन्ने महशुस गर्ने बिक्रान्त बस्नेत हाल दिनको २ घण्टा ब्यायामशालामा बिताउनुहुन्छ ,अरुलाई प्रशिक्षण गराउँदै रमाउनुहुन्छ ।
 
  बिगतमा जसरी मेरा आदरणीय दर्शकहरुबाट मैले प्रशस्त  मायाँ र हौसला पाएको थिए अबपनि आगामी चलचित्र “जस्को नाम अहिले म लिन चाहन्न” भन्दै यस चलचित्र र अन्य तय भएका चलचित्रहरु मार्फत अझै बढी नेपाली सिनेमाका दर्शकको मायाँ भरोसा र उत्साह पाउने कुरामा म आशाबादी छु, र अबका आगामी दिनहरुमा सम्पूर्ण रुपमा मेरो कला, सिप, जोस,र जाँगर सबै देशको लागि नै अर्पण गर्नेछु अबको दिनमा आफ्नै देसको लागि पसिना बगाउने छु भन्दै उहाँले प्रण गर्नुभयो ।
 
 बिक्रान्त बस्नेत , जो सर्लाही नवलपुरमा जन्मिनुभएको थियो ,नेपाली अमेरिकन कलाकार संघका बरिष्ठ उपाध्यक्ष समेत रहनुभएका नेपाली कलाकारहरुको हित र हकका लागी परेका यी युवा बुबा भक्त बहादुर बस्नेत र आमा इन्द्रमाया बस्नेतका सुपुत्र हुनुहुन्छ । उहाँ आफूभन्दा सिनियरहरुलाइ आदर र आफूभन्दा जुनियरहरुलाई मायाँ दर्शाउने र सहि बाटो देखाउने आफ्नो कर्तब्य नै ठान्नुहुन्छ ।   नेपाली कला र सिनेमाको प्रचार प्रसार हुन्छ भने बिक्रान्तलाइ कुनै अरु कुराले असर पर्दैन र त्यसलाई समयदिन दिनको भोक र रातको निन्द्रा पनि नभनी अहोरात्र खटिरनुहुन्छ । उहाँसंग हाम्रा संवाददाता सिन्धु पौडेलले लिनुभएको कुराकानीको सम्पादित अंश ।
    
   आगामी दिनहरुमा तपाईँ के गर्दै हुनुहुन्छ ?
 
 –  आगामी दिनहरुमा कलाकारितामै समर्पित रहनेछु ,अब बन्ने राम्रो सिनेमाहरुमा समय दिन्छु ,जस्तो पायो त्यस्तै सिनेमामा समय दिनु भनेको समयको बर्बादी मात्र हो । त्यसैले थोरै चलचित्रमा अभिनय गर्ने तर प्रभाबकारी भूमिका,कुशल निर्देशक र असल टिम हेरेर मात्र अबका दिनहरुमा कामगर्ने र कामगर्दै जाने सोच रहेको छ ।

     अहिलेको नेपाली सिनेमा बजारको अबस्थाको बारेमा केहि बताइदिनुहोस् न ?

  – नेपाली सिनेमाको बजार अबस्थाले निकै उत्साहित छु ,नेपाल र नेपाली सिनेमा क्षेत्रको भविष्यप्रति आशाबादी रहेको छु । एकातिर नेपालमा नेपाली सिनेमाहरूले करोडौंको ब्यापार सफल भएका छन् भने अर्कोतिर नेपाली सिनेमाले विश्वको ओस्कार अवार्ड लगायत ठूला ठूला अवार्डहरुको ढोका ढकढक्याउने काम समेत गरिरहेको छन् । त्यसकारण पनि आफू अत्यन्त उत्साहित छु । 
         तपाईँ  आफ्नो सफलतामा कत्तिको घमण्ड गर्नुहुन्छ ?
  –  ” घमण्डले मानिस लाइ पतन गराउँछ ” त्यसैले म कहिलै घमण्डी पनि थिइन र हुनेपनि छैन । मेरो सफलता भनेको नै नेपाली दर्शकको सफलता हो उहाँहरुको मायाले गर्दा नै मैले यो सफलता प्राप्त गरेको हुँ भने म कसको लागि घमण्ड गर्ने ?
   
 अब फेरी  दर्शकहरुले तपाईँलाई चलचित्रको पर्दामा कहिले देख्न पाउँछन् त ?
 –  मैले सोचेजस्तो कथा ,खोजे जस्तो निर्देशक र चाहेको जस्तो भूमिका भेटेभने अबस्य पनि समय दिन्छु किनकी मलाई लाग्छ म कलाकारिताको लागि नै  जन्मेको हुँ ।
   अहिले नेपाली सिने क्षेत्रको नयाँ कलाकार र प्रतिस्पर्धाको समयलाइ कत्तिको चुनौतीपूर्ण ठान्नुभएको छ ?
  
 – समयको उतार चढावले आफू निक्कै परिपक्व भएको र समयलेनै आफूलाई धेरै कुरा सिकाएको छ अबको यो समय बल्ल म प्रतिस्पर्धाको   रुपमा नेपाली सिने क्षेत्रमा उत्रिन तयार भएको छु । 
  
 अहिले हरेक क्षेत्रमा राजनीति हाबी बन्दै गैरहेको छ नि यस क्षेत्रमा राजनीतिले असर परेको छ कि ?
 
 – जात,थर, धर्म,बर्ग र कुन राजनीतिक विचारधारा भएका मानिसहरुले कार्यक्रमको आयोजना गरेका हुन् मलाई त्यो कुराले रत्तिभर पनि छुदैन ! मलाई अरु कुनै कुराको पर्वाह छैन, मलाई मतलव छ त केवल एउटा कुराको मात्र त्यो हो नेपाली सिनेमा,कला,साहित्यको उत्थान हुन्छ कि हुँदैन र त्यसले नेपाली सिनेमाको उत्थान ,प्रचार,प्रसार र उन्नति हुन्छ भने आफू अहोरात्र खटेर काम गर्नेछु । 

प्रतिक्रिया दिनुहोस्