Logo

चेपाङ बस्तीमा स्तनपान सप्ताह कार्यक्रम आयोजना

स्तावेज संवाददाता,श्रावण १८ , बुधबार २०७४,भरतपुर  चितवनको चेपाङ बस्तीमा विश्व स्तनपान सप्ताह अन्तर्गत चेतनामूलक कार्यक्रम आयोजना भएको छ। ‘सबै मिली स्तनपानलाई दिगो बनाऔँ’ भन्ने मूल नाराका साथ अगस्त १ तारिक मंगलबारदेखि विश्व स्तनपान सप्ताह सुरु भएको हो।

चितवन मेडिकल कलेज र सञ्जीवनी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा चेपाङ आमाहरुलाई लक्षित गरी स्तनपान सप्ताह कार्यक्रम गरिएको हो।

जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत अनुप अधिकारीले बच्चालाई कृत्रिम दूध खुवाउने प्रविर्ती बढेको भन्दै त्यसलाई निरुत्साहित गर्न स्तनपानको महत्व बुझाउन जरुरी भएको बताए।

चेपाङ बस्तीमा स्तनपानको महत्व झल्किने गरी सडक नाटक प्रदर्शन गरिएको छ। कार्यक्रममा स्तनपान गराइरहेका आमा र सुत्केरी महिलालाई स्तनपानको महत्व र पोषण सम्बन्धी परार्मश दिइएको थियो।

प्रतिक्रिया दिनुहोस्