Logo

आइटिएफ एशियन च्याम्पियनशिपमा भागलिन नेपाली टोली दक्षिण कोरिया प्रस्थान गरे

स्तावेज संवाददाता,श्रावण १८ , बुधबार २०७४ – काठमाडौं आइटिएफ एशियन च्याम्पियनशिप तथा कोरियन ओपेन तेक्वान्दो प्रतियोगितमा भाग लिन नेपाली टोली दक्षिण कोरिया स्थान गरेका छन् ।

अगष्ट ३ देखि ५ सम्म इन्छनमा हुने उक्त प्रतियोगतामा भाग लिन चार सदस्यीय टोली मंगलबार राति प्रस्थान गरेका हुन् । प्रस्थान गर्नुअघि परराष्ट्रमन्त्री कृष्णबहादुर महराले खेलाडीलाई खेलाडी, रेफ्री एवं अफिसियललाई परराष्ट्र मन्त्रालयमा खादा एवं माला लगाएर विजयको शुभकामना दिएका छन् । 

उक्त टोलीको नेतृत्व आइटिएफ नेपालका संस्थापक अध्यक्ष   र  अन्तर्राष्ट्रिय ए लेभेल रेफ्री लक्ष्मण बस्नेतले उक्त प्रतियोगितामा रेफ्रीको भूमिका निर्वाह गर्नेछन्। त्यसैगरी ७० केजी जुनियर ब्लाकबेल्ट स्पाइकिङमा १६ वर्षीय शस्मन बस्नेतले भाग लिने छन्। उनले गत जुलाईमा बेलायतमा भएको विश्व तेक्वन्दो प्रतियोगितामा रजत पदक हासिल गरेका थिए । त्यस्तै ५८ केजी एडल्ट समुहमा गयाजी खड्काले प्रतिस्पर्धी थिए। उनले २०१० मा बेलायतमा भएको ब्रिटीस ओपनमा कास्य पदक जितेका थिए। भने केदार बुढाथोकी टीम मेनेजर रहेका थिए। 

प्रतिक्रिया दिनुहोस्