Logo

मानव स्वास्थ्य : विश्वभर प्लास्टिकको फोहोर १ अर्ब हात्ती बराबर, यस्ता छन् तथ्यांक

 

स्तावेज, श्रावण १५, आईतबार,२०७४ – अमेरिकी वैज्ञानिकहरूले विश्वमा अहिलेसम्म ८ दशमलब ३ अर्ब टन बराबर प्लास्टिक उत्पादन भएको बताएका छन्। विगत ६५ वर्षमा प्लस्टिकको तीव्र गतिमा उत्पादन गरियो। अहिलेसम्म उत्पादित प्लास्टिक तौलने हो भने यसको वजन करिब एक अर्ब हात्तीको वजन बराबर हुन्छ । तर, महत्वपूर्ण तथ्य के हो भने, उत्पादित प्लास्टिकलाई फोहोरका रुपमा फ्याँक्नुअघि अत्यन्त थोरै समय मात्र यसको प्रयोग गरिन्छ। 

कुल उत्पादनको ७० प्रतिशतभन्दा बढी प्लास्टिक फोहोरमा परिणत भएको छ। यो फोहोरको अधिकांश हिस्सा जमिनमा पुरिन्छ वा नाली/ढलमा बगाइन्छ । यसो गर्नाले वातावरणमा हानी पुगिरहेको छ । डक्टर रोल्यान्ड गेयेरले भने, ‘हामी तीव्र गतिमा पृथ्वीलाई प्लास्टिक प्लानेट बनाउन अग्रसर छौं। हामी कस्तो संसारमा बाँच्न चाहन्छौं, त्यसैअनुसार कस्ता सामाग्री प्रयोग गर्ने हो बेलैमा सोचविचार गर्नु आवश्यक छ।’

क्यालिफोर्निया विश्वबिध्यालयका इकोलोजिस्ट सान्टा बारबरा र उनका सहकर्मीले प्लास्टिकका सम्बन्धमा एउटा अध्ययन गरेका छन्। उनीहरूले अहिलेसम्म उत्पादित कुल प्लास्टिक र त्यसको उपयोगका साथै प्रभावको पनि अध्ययन गरेका छन्।

        प्लास्टिक सम्बन्धी केही रोचक तथ्य

 –    अहिलेसम्म उत्पादित कुल प्लास्टिक ८ दशमलब ३ अर्ब टन।
–    उत्पादित मध्ये ५० प्रतिशत अर्थात् ४ अर्ब टनभन्दा बढी प्लास्टिक गत १३ वर्षमा मात्र उत्पादन।
–    कुल प्लास्टिकको ३० प्रतिशतमात्र अहिले प्रयोगमा।
–    जम्मा ९ प्रतिशत प्लास्टिकको मात्र उपयोगपछि रिसाइकल।
–    ७९ प्रतिशत प्लास्टिक उपयोगपछि फोहोरमा परिणत। 
–    उपयोगपछि १२ प्रतिशत प्लास्टिक डढाइन्छ।
–    सन् २०५० सम्म प्लास्टिकजन्य फोहोर १२ अर्ब टन पुग्ने अनुमान।
–    सन् २०१४ को तथ्यांक अनुसार प्लास्टिक रिसाइकल दर युरोपमा ३० प्रतिशत, चीनमा २५ प्रतिशत र अमेरिकामा ९ प्रतिशत। 

          श्रोत बीबीसी 

प्रतिक्रिया दिनुहोस्