Logo

सेक्सको कारण गायकले तिरे ११ करोड जरिवाना

स्तावेज  श्रावण १४ शनिबार २०७४ – एकजना अमेरिकी चर्चित गायकलाई सेक्समा गरिएको गल्तीका कारण ११ लाख अमेरिकी डलर अर्थात् झण्डै ११ करोड ३० लाख रुपैयाँ जरिवाना तिर्नु परेको  छ । ८ पटकका ग्रामी अवार्ड विजेता रहेका चर्चित गायक अशरले उनीसँग सम्भोग गरेकी महिलालाई रोग सारेको प्रमाणित भएपछि ठूलो रकम जरिवाना तिर्नुपरेको बताइएको छ ।

रेडार अनलाइनले उक्त विषयमा अदालतबाट चुहिएका केही कागजातहरु प्रकाशित गरेको छ । जस अनुसार गायक अशरलाई सन् २००९/१० तिर यौन संक्रामक रोगको संक्रमण रहेछ । यौनांगमा हर्पेस भाइरसबाट संक्रमित उनले एक महिलासँग यौन सम्पर्क गर्ने क्रममा उक्त रोग महिलामा सारेको बताइएको छ ।

नाम खुलासा नगर्ने शर्तमा ती पीडित महिलाले भनेकी छिन् की गायकसँगको सेक्सपछि उनीमा स्वास्थ्य समस्या सुरु भयो र जाँच गर्दा यौन रोग भएको पत्ता लाग्यो, जसका कारण उनी डिप्रेसनमा परिन् । गायक अशरले ती महिलासँग असुरक्षित यौन सम्पर्क गरेर भाइरस सारेको बताइएको छ ।

गायक अशले उक्त घटनाबाट आफु त्रसित हुनुका साथै लज्जित पनि भएको अनौपचारिक रुपमा बताएका छन् । अशरको वास्तविक नाम अशर रेमन्ड चतुर्थ हो । उनी ती महिलासँग सन् २०११ र २०१२ मा डेटिङमा मस्त थिए । सोही क्रममा उनले आफ्नोे यौनांगको पूरानो संक्रमण आफ्नी गर्लफ्रेण्डमा सारेका रहेछन् ।

    बीबीसी

 

प्रतिक्रिया दिनुहोस्