Logo

डा. गोविन्द के.सी.को मागमा ऐक्यवद्धता जनाउँदै शनिबार काठमाडौंमा भब्य र्‍याली : माफियाहरु देश घेर्दै ६०१ ले के हेर्दै?

स्तावेज संवाददाता ,श्रावण १४ गते शनिबार, २०७४  काठमाडौं –  चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनसनमा बसेका त्रिवि शिक्षण अस्पतालका डा. गोविन्द केसीको मागमा ऐक्यवद्धता जनाउँदै शनिबार काठमाडौंमा भब्य र्‍याली निकालिएको छ।

र्‍यालीमा विवेकशील साझा पार्टी, नयाँ शक्ति पार्टी नेपालका समर्थकसँगै सर्वसाधारण र नागरिक समाज पनि सहभागी भएका छन् । काठमाडौंको माइतीघरबाट निकालिएको र्‍याली नयाँ वानेश्वरमा आइ कोणसभामा बदलिने कार्यक्रम छ।

डा. गोविन्द केसी अनसन बसेको आज पाँचौं दिन हो।  र्‍यालीमा विवेकशील साझा पार्टीका सहसंयोजकहरु रवीन्द्र मिश्र र उज्वल थापा पनि सहभागी छन् भने नयाँ शक्ति पार्टी नेपालकी नेतृ हिसिला यमी लगायतका नेताहरु पनि सहभागी छन्। 

डा. गोविन्द केसीले संसदमा विचाराधीन रहेको चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, मेरिटका आधारमा मेडिकल शिक्षामा भर्ना हुन पाउनुपर्ने लगायतका माग राखेका छन्। शनिबार काठमाडौंमा गरिएको प्रदर्शनमा सांसदहरुले चिकित्सा शिक्षा ऐनमा चासो नदिएको विषयमा व्यंग्य र आलोचना गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्