Logo

सेयरको आव्हाहन गर्दै दोर्दी जलबिध्युतद्दारा तानसेनमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

स्तावेज श्रावण १४ गते शनिबार, २०७४ पाल्पा – लमजुङको दोर्दी खोला जलबिध्युत  आयोजनाको सेयर लगानी सम्बन्धी अन्तक्रिया जिल्ला सदरमुकाम तानसेनमा शुक्रबार सम्पन्न भएको छ। अन्तक्रियामा क्लिन इनर्जी डेभलपमेण्ट बैंकद्दारा प्रवर्द्दित सिइडिबी हाइड्रो फण्डको सहायक दोर्दी खोला जलबिध्युत कम्पनी लि. ले १२ मेघावाट क्षमताको दोर्दी-१ जलबिध्युत आयोजनाको निर्माण कार्य सुरु गरेको जानकारी दिइएको छ। यो आयोजना लमजुङको दोर्दी खोलामा अवस्थित छ।

आयोजनाले ऊर्जा मन्त्रालयबाट उत्पादन अनुमति पत्र लिइसकेको छ। कम्पनीका वित्त व्यवस्थापक प्रमुलाल अधिकारीले सेयरमा लगानी अवसर र चुनौती विषयमा प्रस्तुतीकरण गर्दै नेपालमा पछिल्लो समय सेयर बजारमा नयाँ लगानीकर्ता भित्रिँदै गएको बताए। दोर्दी आयोजनाका वित्त व्यवस्थापक श्याम खड्काले साउन अन्तिमसम्म नयाँ अग्राधिकार सेयर आह्वान भएको बताए।दोर्दी खोला आयोजनाले नेपाल बिध्युत प्राधिकरणसँग बिध्युत खरिद सम्झौता (पिपिए) गरिसकेको छ। यस आयोजनाको सानिमा बैंक लिमिटेडको अगुवाइमा लक्ष्मी बैंक लि.,कृषि विकास बैंक लिमिटेड,  कैलाश विकास बैंक लिमिटेड र यती बिकास बैंक लिमिटेडसँग ऋण सम्झौता गरिसकेको छ।

आयोजनाको लागि आवश्यक जग्गा खरिद गरिसकेको छ। आयोजनाले आफ्नो आयोजनास्थल सम्मको लागि बाटो पुर्‍याइसकेको छ। आयोजनाले आवास गृहको निर्माण पनि गरिसकेको छ। आयोजनाको लागि २.५ किमी सुरुङ र ६ सय ६५ मि. पाइप जडान गरिनेछ। सिइडिबी हाइड्रो फण्डको लगानी रहेको दोर्दी–१ जलबिध्युत आयोजनाले हाल साना लगानीकर्ताहरुबाट पनी लगानी जुटाइ रहेको छ । आयोजनामा लगानी गर्न इच्छुक लगानीकर्ताले लगानी गर्न सक्ने कम्पनीका वित्त व्यवस्थापक प्रमुलाल अधिकारीले जानकारी दिए। कम्पनीले निर्माण अवधिमै प्राथमिक सेयर निष्कासन (आइपिओ) गर्ने उद्देश्य लिएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्