Logo

ईजराइलमा पुन युद्दको तनाब,जेरुसलेमको पवित्रस्थलमा हिंसा,सबैलाई सतर्क रहन आग्रह

स्तावेज श्रावण ७ गते शनिबार – जेरुसलेममा मुसलमानले हरम अल-शरीफ र यहुदीले टेम पल माउण्ट भन्ने गरेको पवित्रस्थलमा तनाव बढ्दै जाँदा ईजरायली प्रहरीसंगको भिडन्तमा दर्जनौं प्यालेस्टिनी घाईते भएका छन्। पुरानो शहरको पर्खालभित्र प्रदर्शनकारीले ढुंगा र अरु वस्तुहरु फ्याँकेपछि उनीहरुमाथि पानीको फोहोरा र अश्रुग्यास प्रहार गरिएको छ।
 सो पवित्रस्थलमा एकजना प्यालेस्टिनी युवाको पनि गोली लागेर मृत्यु भएको बताइएको छ तर त्यसको पृष्ठभूमि स्पष्ट छैन। शुक्रबार तीनजना ईजरायली अरब बन्दुकधारीले दुईजना ईजरायली प्रहरीलाई मारेपछि त्यहाँ तनाव बढेको हो। सो स्थलको प्रवेशद्दारमा इजरेलले मेटल डिटेक्टर राखेको विरोध गर्न प्यालेस्टिनीहरुले शुक्रबार ‘आक्रोशको दिन’ आह्वान गरेका छन्। प्यास्लेस्टिनी र अन्य मुसलमान नेताले सो कदमको कडा विरोध गरेका छन् भने ईजरायलले प्रहरीलाई मार्ने हतियार सो पवित्रस्थलभित्र लुकाएर लगिएको हुनाले सुरक्षाको दृष्टिकोणले त्यस्तो कदम आवश्यक भएको बताएको छ।
 पूर्वी जेरुसलेमको सो क्षेत्र सन् १९६७ मा भएको मध्यपूर्व युद्धको समयदेखि ईजरायलको अधिनमा छ भने प्यालेस्टिनीले त्यसलाई आफ्नो भूभाग ठान्दछन्। इजरेलले बारम्बार यथास्थिति कायम राख्ने प्रतिबद्धता जनाएको छ।विगत ५० वर्षदेखि कायम गरिएका नियमहरु भंग गरिएमा प्यालेस्टिनीहरुले आपत्ती जनाएका छन्। सो क्षेत्र वरिपरि शुक्रबार हजारौं प्रहरी खटाइएका थिए भने ५० वर्ष मुनिका पुरुषलाई त्यहाँ जान दिइएको थिएन।
 पवित्रस्थलमा हिंसा भड्किन नदिन कहिले काँहीं त्यहाँ त्यसो गर्ने गरिन्छ। रमल्लाह र जेरुसलेमबीचको कलान्दिया जाँचबुझ केन्द्रमा र बेथ्लेहेम को उत्तरी प्रवेशद्दारमा पनि हिंसा भड्किएको छ। जेरुसलेम भरीमा ६० जना प्यालेस्टिनी घाईते भएको र ३१ जनालाई अस्पताल लगिएको रेडक्रसले बताएको छ। गत हप्ता त्यहाँ मेटल डिटेक्टर राखिएपछि प्रत्येक रात झडप भइरहेका छन्। मेटल डिटेक्टर नहटाएसम्म अल-अक्सा मस्जिदको सो परिसरमा नछिर्ने भन्दै प्यालेस्टिनीले परिसर बाहिर नै प्रार्थना गर्न थालेका थिए।
 श्रोत बीबीसी 
प्रतिक्रिया दिनुहोस्