Logo

बहु प्रतिभाकी धनी “सन्ध्या “

                                  अमन एकल

 

ला र साहित्यलाई अंगालेर जीवन यापन गर्ने कयौं सिर्जनाका प्रतिमुर्तिहरु छायाँमा परेका छन् अझै कयौँ त लापता नै छन् । यस्तै एक
मोडल, गायिका गजलकार हुन् सन्ध्या सानु । बि.सं . २०५० सालमा रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिकामा माता सुकुमाया घताने
र पिता राम बहादुर घतानेको दुई छोराहरु पश्चात् तेस्रो सन्तानको रूपमा जन्मिएकी सन्ध्या सानैदेखि गाउन र नाच्न खुबै मन पराउथिन् ।
 
निम्न बर्गिय परिवारमा हुर्किएकी सन्ध्यालाई आफ्ना चाहनाहरु पूरा गर्न निकै संघर्ष गर्नुपर्यो तर कहिल्यै हिम्मत हारिनन् । गाउँको
बसाई दुई छाक धान्न धौ धौ हुने परिवेशमा हुर्किएकी सन्ध्याले सानैमा अनेकौं दुख संग मितेरी गाँसेकी थिईन्। लक्ष्यमा अडिग रहेर पूरा गर्ने हिम्मत गर्न सके अधिकांश सपना पूरा हुन्छन् । जहाँ इच्छा त्यहाँ उपाय भनेझैं मनमा गुम्सिएका चाहहरु प्रस्तुत गर्ने दिन जुर्यो २०६२ सालको अन्त्य तिर कक्षा छ मा पढ्दै गर्दा नृत्य प्रतियोगितामा भाग लिने सौभाग्य पाएकी सन्ध्यालाई उक्त नृत्य प्रतियोगितामा द्दितिय हुनु नै आफ्नो जीवनको टर्निङ पोईन्ट बन्यो । पहिलो प्रतियोगितामा नै दोस्रो स्थान ओगट्न सकेको त्यो पल सम्झिदै उनि भन्छिन् त्यो पल सम्झिदा गर्व अनि भावुक हुन्छु ।
  यसैगरी सानैदेखी गाउने उनको चाहना पनि कक्षा ९ देखी  नै स्टेजमा उत्रीएर पूरा गरिन् । चाहनासंगै जिम्मेवारीहरु थपिए कहिँ कतै हार नमानी अगाडि बढिरहिन् पाइला लर्खराउदा सम्हालिदिने आमा बुबा दुई दाजुहरु ,पहिलो नृत्य गुरु बिबेक घताने र उनका साथीहरू सबैले हौसला संगै साथ दिनुभयो जस्का कारण लर्खराएका बेला सहजै सम्हालिने हिम्मत जुट्यो । श्री बौद्ध प्रा बि बाट सुरु भएको शिक्षालाई उनले स्नातकोत्तर सम्म पुर्याईन् किताबी ज्ञान भन्दा ब्यबहारिक ज्ञानले भरिपूर्ण सन्ध्या जीवन यौटा पाठशाला सम्झिन्छिन् ।अध्यनलाई अझै अगाडि बढाउने सोच छ हेरौँ के हुन्छ भन्छिन् उनी ।
  अझै कयौं सपना अधुरै थिए त्यसैले अन्ततः उनले रामेछाप छोडेर काठमाडौ जाने निर्णय गरिन् परिवारको साथ गुरु र साथीसँगिको हौसला बोकेर कलाकारीता र गायनमा निकै अगाडि पुग्ने लक्ष्यका साथ २०७२ सालमा काठमाडौ भित्रीएकी सन्ध्यालाई शुरुका दिनमा काठमाडौ संग मितेरी गाँस्न साथै लक्ष्य चुम्ने गोरेटो पहिल्याउदै अगाडि बढ्न निकै हम्मेहम्मे पर्यो सपनाको शहर सन्ध्या लाई सोचेजस्तो बनिदिएन अनि कला र साहित्य क्षेत्रका अग्रजको साथ ,गायन होस् या नृत्य , अभिनय होस् या गजल लेखन सबै तिर स्वार्थ लुट्ने र कुदृष्टीले हेर्नेको जमात नै भेटिन् तर उनले हार मानिनन् । यस्ता चुनौती लाई नै जीवन सम्झिएर अगाडि बढिरहिन् ।
 २०७० सालबाट क्यामेरा काे अगाडि उभिन थालेकी सन्ध्यालाई पहिलो मोडलिङ्ग गरिएको गीत बाटै रुचाईएको थियो काठमाडौको संघर्षमा पहिलो म्युजिक भिडियोको सफलताले निकै महत्वपुर्ण भुमिका खेल्यो । आफ्नै शब्द ,संगीत साथै आफ्नै सुमधुर आवाजमा पहिलो साङ्गीतिक कोसेली आधुनिक गीत “माया गर्छु तिमीलाई” लिएर साङ्गितिक दुनियाँमा छिरेकी सन्ध्याको आधुनिक र लोक दोहोरी ‘बिवस भएछु रुनलाई,आफू रोएर नि उसको खुशी देख्ने पागल मायालु ‘ जस्ता लगातार ७ वटा गीत बजारमा आईसकेका छन् । केही गीतले सोचेअनुरुप सफलता हात नपारेपनी केही गीत राम्रै चले। “मर्छु म त सानू” बोलको गीतबाट मोडलिङ्ग क्षेत्रमा लागेकी सन्ध्याले ‘आँखा जुध्यो फेरि , हाँसन हो मायालु ‘ को भन्दा को कम जस्ता झन्डै दुई  दर्जन गीतको म्युजिक भिडियोमा आफनो दक्षता प्रस्तुत गरिसकेकी छिन् । उनका गजल ,मुक्तक पनि निकै गहकिला हुने गरेका छन् । कार्यक्रममा उनलाई गायन नृत्य र गजल मुक्तकका बेजोड प्रस्तुतिका साथमा भेट्न सकिन्छ ।
 एक शब्दमा सन्ध्या बहुप्रतिभाकी धनी हुन् भन्दा फरक नपर्ला सन्ध्याले विभिन्न रेडियाे तथा संघ संस्थाबाट विभिन्न सम्मान तथा पदकहरु प्राप्त गरेकी छिन् । सृजनसिल स्टार युवा क्लब रामेछापको नृत्य प्रशिक्षक समेत रहेकी सन्ध्या विभिन्न साँस्कृतिक तथा साहित्यिक मन्च मा अाबद्द रहि आफ्नो गला कला र सिर्जनाले सबैलाई मोहित बनाउन माहिर छिन् । राजधानीमा अाफ्नाे सुनौलो भबिष्य खाेज्न आउने लाखौंमध्ये सन्ध्या पनि एक हुन् तर यो अभाब नै अभाबकाे शहरले सन्ध्यालाई पनि सधैं पीडामा राख्यो । काम गर्दै कलाकारिता तथा पढाईलाई निरन्तरता दिदै गर्दा निकै तिता अनुभव संगाल्नुपरेको बताउँदै भन्छिन् । एक त राजधानीमा काम नपाउने साथै कामकाे सिलसिलामा विभिन्न नकारात्मक प्रस्ताव अाउने तथा समाजले याे क्षेत्र प्रति हेर्ने साँघुराे दृष्टिकोण मेरा लागि निकै चुनौतिपूर्ण बने तर हिम्मत हारिन त्यसैले संघर्षरत यो पथमा उभिएको छु ।
 आफ्ना हरेक कदममा बाबा आमाको पुर्ण समर्थन रहेकोले सदैब आमाबाबु प्रति गर्व गर्ने सन्ध्या पहिलोपटक नृत्य प्रतियोगितामा जित्दा र पहिलोपटक नेपाल टेलिभिजनमा आफ्नो गीत प्रसारण हुँदा अत्यन्तै खुशी मिलेको बताउछिन् । मनमा अनेकौं सपना बुनिन्छ तर पूरा गर्ने हिम्मत कमैमा हुन्छ जिन्दगीको लक्ष्य भुलिरहेका कयौंका बिचमा सन्ध्या लक्ष्य चुम्न लम्किने साहस गर्ने युवा बर्गकी ज्वलन्त उदाहरण हुन् । रामेछापको दुर्गम बस्तीबाट सपनाको शहर राजधानी उत्रिएर सपनाको राजमार्गमा खुशी बटुल्दै हिड्ने प्रयासमा कयौंपटक एक्लै र निहत्था हुँदा पनि कतै हार मानिनन् ।
 जिन्दगीमा बारम्बार सूर्यग्रहण लागेपनी बादल फाटेर पुनः सूर्योदय हुने अपेक्षा सहित संघर्षका पथमा लम्किईरहिन् । शालिनता कोमलता मृदुभाषी सन्ध्या समाजसेवामा पनि निकै अग्रसर रहन्छिन्। अप्ठ्यारा परिस्थितिको सामना गर्दागर्दै पनि कहिलेकाही आफैंसंग हारिन्छ सन्ध्याका जीवनमा पनि यस्ता पल कयौंपटक आए तर जबजब गला कला र सिर्जनाको अबमुल्यन हुन्थ्यो ।
 पैसा , नाताबाद र कृपाबादको शिकार बनिन्थ्यो तब तब यो क्षेत्र नै छाडिदिउँ जस्तो महसुस हुन्थ्यो तर अर्को सुर्योदय संगै पुनः हिजोका सपना रम्न भुलिनन् जिन्दगीमा आशाको दीप सदैब जगाई राख्नुपर्छ भन्ने सन्ध्या अधिराज्यका बिभिन्न जिल्लामा पुगेर आफ्नो गला कला र सिर्जनाले सबैलाई मोहित बनाउन निकै सिपालु सन्ध्या आफ्नो जीवन रहेसम्म कला र साहित्यमा लागिरहने दृढ संकल्प बोकेको बताउँछिन् । जिन्दगीका हरेक पलमा धैर्यता संघर्ष र जीवन संग सम्झौता गर्दै हिजोबाट पाठ सिकेर आज भोलिको निर्माणका निम्ती खर्च गर्नु नै जिन्दगीको मुख्य उद्धेश्य  मान्छिन् । सफल कलाकार बन्नुनै जिन्दगीको लक्ष्य मान्ने सन्ध्या सानुलाई यो पंक्तिकारको तर्फबाट सफलताको अनेकौं शुभकामना !! 
प्रतिक्रिया दिनुहोस्