Logo

काँक्रोका १५ रोचक तथ्य र स्वास्थ्यमा अाश्चर्यजनक फाइदा

काँक्रोमा पानीको मात्रा ९६ प्रतिशत हुन्छ, मानिसको शरीरमा पानी आपूर्ति गर्न काँक्रो सबैभन्दा महत्वपूर्ण हुन्छ।

– सूर्यको किरणबाट उत्पन्न हुने समस्याका लागि काँक्रो लाभदायी हुन्छ । यसको बोक्रामा नै म्याग्नेसियम,

     पोटासियम र    सिलिकनजस्ता तत्व हुन्छन् । यहीकारण यसलाई स्पा उपचारका लागि प्रयोग गरिन्छ।

–    यसले शरीरमा भएको हानिकारक तत्वलाई प्रभावकारी रुपमा बाहिर निकाल्छ । मिर्गौलाको पत्थरीमा यो निकै

      लाभकारी मानिन्छ।

–    काँक्रो एन्टिअक्सिडेन्टले भरिपूर्ण हुन्छ । यसमा पाइने भिटामिन ए, बि र सिले रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ

      र अल्छी लागेको   बेला काँक्रो खाने हो भने त्यसले धेरै उर्जा दिन्छ।

–    पोषण र पानी पाइने भएकाले काँक्रोले तौल घटाउन पनि मद्दत गर्छ।

–    यसको टुक्राले आँखाको रातोपना र सुन्निएको घटाउन सहयोग गर्छ।

–    धेरै अध्ययनहरुले के पुष्टि गरेका छन् काँक्रोमा पाइने तत्वहरुले क्यान्सरसंग लड्न मद्दत गर्छन्।

–    रक्तचापलाई स्थिर राख्न पनि यसले मद्दत गर्छ ।

–    मुख र गिजालाई ताजा राख्न  र गिजाका समस्या समाधान गर्न पनि यसले सहयोग गर्छ।

–    यसमा पाइने फाइबर र पानीले खाना पचाउँन सहयोग गर्छ।

–    काँक्रोमा पाइने सिलिका कपाल, नङ र छालाका लागि महत्वपूर्ण मानिन्छन्, त्यसैले काँक्रो सौन्दर्यता बढाउँने

        खाध्य पदार्थ हो।

–    यसमा पाइने उच्च एन्टिअक्सिडेन्टले जोर्नी दुखाईलाई पनि मद्दत गर्छ।

–     यसले युरिक एसिडको लेभललाई पनि घटाउँछ।

–  यसले इन्सुलिन उत्पादनका लागि प्याङक्रियाजलाई सहयोग गर्छ, त्यसैले काँक्रो मधुमेहका रोगीका लागि

      उपयोगी हुन्छ।

–    यसले  खराब कोलेस्टेरोल पनि घटाउन मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस्