Logo

बिएन्डसी अस्पतालमा घुँडाको सफल प्रत्यारोपण

स्तावेज असार २४ शुक्रबार २०७४  – सुरुङ्गा- अर्जुनधारा नगरपालिका–६ पुल्चोक निवासी ६३ वर्षीया मीरादेवी बुढाथोकीको दुई वटै घुँडाको सफल प्रत्यारोपण गरिएको छ। बुढाथोकीको घुँडा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा प्रत्यारोपण गरिएको हो। अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले बुढाथोकीको घुँडा डा. निराजन पराजुलीले प्रत्यारोपण गरेको जानकारी दिए। [/caption]

प्रत्यारोपणपछि बुढाथोकीले भनिन्, ‘धेरै अस्पतालमा देखाएँ, मलाई घुँडा फेर्न आँट आएको थिएन तर बिएन्डसीमा घरकै खाना खाएर उपचार हुने भएपछि डाक्टरको सल्लाह बमोजिम घुँडा फेरेँ।’उपचारमा संलग्न डा. पराजुलीले प्रत्यारोपण गरी फेरिएका घुँडाले २० वर्षसम्म काम गर्ने जानकारी दिए।

रासस

प्रतिक्रिया दिनुहोस्