Logo

बालुवाटारमा कांग्रेस, माओवादी र राप्रपाको बैठक सम्पन्न

स्तावेज संवाददाता  २४ असार २०७४ काठमाण्डौं – संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमाथि सहमति जुटाउने प्रयास स्वरुप बालुवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुको बैठक भर्खरै सकिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको बैठकमा संविधान संशोधन प्रस्तावलाई अघि बढाएर तेस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गर्नेबारे नेताहरुबीच छलफल भएको थियो।

   छलफलमा कांग्रेस र माओवादीले संविधान संशोधनमा राप्रपाको धारणाबारे चासो राखेका थिए भने राप्रपाका नेताहरुले संविधान संशोधन प्रस्तावमा आफूहरु सकारात्मक रहेको जानकारी दिएका थिए। शुक्रबार बसेको कांग्रेस, माओवादी केन्द्र र राजपाका नेताहरुको बैठकमा संविधान संशोधन प्रस्तावलाई निर्णयार्थ पेस गर्ने समझदारी भएपछि आजको बैठक आह्वान गरिएको हो। बैठकमा प्रधानमन्त्री देउवा, पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, राप्रपा अध्यक्ष कमल थापा र राप्रपा नेता पशुपति शमसेर राणा समेतको सहभागीता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्