Logo

घाँटीमा लागेको चोटका कारण शिक्षक नारायण पौडेलको मृत्यु भएको खुलासा

स्तावेज संवाददाता असार २४, २०७४ पर्वत – बेपत्तापछि मृत अवस्थामा भेटिएका कुश्मा नगरपालिका १ पाङका शिक्षक नारायण पौडेलको पोष्टमार्टम गरिएको छ  । उक्त रिपोर्टबाट श्री पौडेलको मृत्यु घाँटीमा लागेको चोटका कारण हुनगएको  पुष्टी भएको छ। मृतककी आमा आमाले शव आफ्नै छोराको भएको बताए पनि शव सडेको र पहिचान गर्न सक्ने अवस्थामा नरहेको भन्दै प्रहरीले पोष्टमार्टमको लागि काठमाडौं स्थित शिक्षण अस्पतालमा र डीएनए परीक्षणको लागि काठमाडौंकै केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाएको थियो।

 त्यहाँबाट प्राप्त रिपोर्टका आधारमा उनको घाँटीमा चोट लागेको कारण मृत्यु भएको भएको खुल्न गएको प्रहरीले जानकारी दिएको छ। पर्वतका प्रहरी नायव उपरीक्षक शेखर खनालले घट्नाबारे अनुसन्धान भइरहेको र अनुसन्धानका लागि अहिले ३ जनालाई हिरासतमा लिएर सोधपुछ भइरहेको जानकारी दिएका छन् । डीएनए रिपोर्ट अनुसार शव पौडेलकै भएको पुष्टी भएपछि उनको मृत्यु भएको एक महिनापछि शव परिवारलाई बुझाइएको छ।

मृतक शिक्षकले कुश्मा नगरपालिका कटुवा चौपारीमा रहेको आईबल एकेडेमीमा पढाउँदै आएका थिए। कक्षा परीक्षामा अनुत्तिर्ण भएका बिध्यार्थीलाई यातना दिएको र अभिभावकसंग माफी माग्न बिध्यालय प्रशासनले बोलाएकै समयबाट उनी उनि एकाएक  बेपत्ता भएका थिए । गएको जेठ २५ गतेदेखि बेपत्ता भएका २० वर्षीय पौडेलको शव असार ७ गते बागलुङको जैमुनी गाउँ पालिकाको बेलबगर भन्ने ठाउँमा कालीगण्डकी नदी किनारमा भेटिएको थियो।   

प्रतिक्रिया दिनुहोस्