Logo

बसले ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु

स्तावेज संवाददाता असार २४, २०७४ चितवन – पुर्वी चितवनको भण्डारामा शनिबार विहान बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ। राप्ती नगरपालिका ५ भण्डारा चोकमा काठमाडौबाट वीरगञ्ज जाँदै गरेको ना ६ ख ९०११ नम्बरको बसले पैदल यात्रीलाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिएका छन् । 

                             – फाईल फोटो

शनिबार विहान ३ः४० बजेको समयमा भएको उक्त दुर्घटनामा गम्भीर घाईते भएका स्थानीय ६० वर्षका लाटो तामाङ र ३१ वर्षकी ठूलीमायाँ मोक्तानको भरतपुर अस्पतालमा उपचारका क्रममा विहान ४ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।   बाटो काट्दै गर्दा गाडीले उनीहरुलाई बसले ठक्कर दिएको थियो। बस र चालकलाई भण्डारा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्