Logo

आतंककारीको धम्कीपछि सिंगापूर सैन्य संख्या बढाउने तयारीमा

सार १६, २०७४,शुक्रवार,सिंगापूर – सिंगापूरको सेनाले आतंकबादीहरूको धम्कीका कारण आफ्नो संरचनामा परिवर्तन गर्न लागेको रक्षा मन्त्रीले जानकारी दिएका छन । सिंगापूरको सैन्य दिवसका अवसरमा दिइएको अन्तबार्तामा आतंकबादीहरूको सामना गर्नका लागि सैन्य पुर्नसंरचना गर्न लागिएको उनले बताएका छन ।

 परिवर्तीत सुरक्षा चुनौतीलाई ध्यान दिदै सैन्य पुर्नसंरचा गर्न लागिएको छ, सिंगापूरले सायद सैन्य संख्या पनि बढाउने छ । हालै सञ्चार माध्यमलाई दिएको अन्तवार्तामा उनले आफ्नो गाँउ ठाँउको सुरक्षा गर्नका लागि राष्ट्रिय स्वयं सेवकहरूलाई तालिम दिइने जानकारी गराएका थिए  । त्यसका लागि उनले तालिम दिने छुट्टै निकाय बनाइने पनि जानकारी दिएका छन ।

 यही जुलाईमा बनाइने त्यस्तो निकायको नाम सुरक्षा तालिम संस्था राखिने भएको छ । यस संस्थाबाट तालिम लिएकाहरूलाई राष्ट्रिय स्वयम सेवकहरूसँग समन्वय गरेर सुरक्षाका लागि परिचालन गरिने भएको छ । सिंगापूरमा आफ्नो ठाँउको सुरक्षाका लागि हरेक बर्ष झण्डै १८ हजार जनालाई तालिम दिएर राष्ट्रिय स्वयं सेवक बनाईन्छ ।  रक्षा मन्त्रीद्दारा सिंगापूरको सामुद्रिक सुरक्षाका लागि खटिने र आतंकबादीहरूको सम्भावित आक्रमणको बेला प्रतिवाद गर्नका लागि खटिनेहरूको मापदण्डमा सुधार गरिने थाहा भएको छ ।

 रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्