Logo

मताधिकार खोस्न खोज्दा ज्यानै गयो, हातमा बोकेको बम विष्फोट भएर एकको मृत्यु

सार१३,२०७४,धनगढी, १३ असार– जनताको मताधिकार विथोल्न हिंसात्मक अपराधमा उत्रेका एक युवाको आफैंले बोकेको बम पड्किंदा मृत्यु भएको छ । माओवादीको विप्लव समुहका कार्यकर्ता चन्द्र सिहंको आफ्नै  हातमा रहेको बम पड्केर मृत्यु भएको हो ।  धनगढी उपमहानगरपालिका ४ कैलाली पूल नजिकै खानेपानी संस्थान रोडस्थित जीएस सन्स एन्ट स्ट्रोमा सोमबार राति ९ः५५ बजे उक्त बम बिस्फोटन भएको थियो ।

 बम विष्फोट हुँदा घाइते अवस्थामा रहेका उनलाई प्रहरीले उद्धार गरेर तत्कालै अस्पताल पुर्याएको थियो । तर, सेती अञ्चल अस्पतालमा राति १२ः४० बजे सिंहको मृत्यु भएको थियो । उनी आफैंले बोकेको बम विस्फोटन हुँदा उनको गुप्ताङ र अनुहार लगायत शरीरका विभिन्न भागमा चोट लागेको थियो । उनका हातका औंलासमेत चुँडिएका थिए । माओवादीको एउटा समुह सत्ता सञ्चालनमा रहेपनि विगतको हिंसात्मक गतिविधिलाई विप्लव समुहले निरन्तरता दिएको छ । 

प्रतिक्रिया दिनुहोस्