Logo

भीषण बाढीका कारण चीनमा दुई लाख ६० हजार विस्थापित

 चाङ्गशा (चीन) : चीनको मध्य भागमा पर्ने हुनान प्रदेशमा लगातारको भीषण वर्षाले आइपरेका प्रकोपका कारण दुई लाख ६० हजार भन्दा बढी बासिन्दा विस्थापित भएका प्रान्तीय बाढी नियन्त्रण कार्यालयले शुक्रबार जानकारी दिएका छन् । गत जुन २२ तारिखदेखि यो प्रकोप सुरु भएको सो कार्यालयका अधिकारीले जानकारी दिएका छन् । हुनान प्रदेशको सिआङजीआङ र जिजिआङ नदी सो भारी बर्षाको कारण आएको बाढीबाट अत्यन्त प्रभावित भएको प्रान्तीय बाढी नियन्त्रण र अनावृष्टि उद्धार कार्यालयले जनाएको छ । शुक्रबार अपराहन्न ५ बजे मात्रै ५८ हजार जना विस्थापित भएका छन् । राजमार्ग र बिध्युत सेवासमेत अवरुद्ध भएका छन्।

 रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्