Logo

यस्तो बन्दै छ १० अर्ब लगानीमा एनआरएन उपेन्द्र महतोको मेडिसिटी अस्पताल, ५ वर्षमा थप १० अस्पताल बनाउँदै

सार १४ बुधबार २०७४ काठमाडौं– गैरआवासीय नेपाली अभियानका संस्थापक तथा वरिष्ठ व्यवसायी डा.उपेन्द्र महतोले राजधानीमा सुविधासम्पन्न अस्पताल निर्माणको काम अगाडी बढेको जानकारी दिएका छन्।

गैरआवासीय नेपाली संघ यूकेद्धारा सोमवार लण्डनमा आयोजित कार्यक्रममा महतोले नख्खु जेलसँगै ललितपुर सैंबुमा ३० रोपनी जग्गामा नेपाल मेडिसिटी हस्पिटल निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन्। उनका अनुसार १० अर्ब लगानीमा निर्माण हुन लागेको उक्त अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । अस्पताल आगामी जुलाई सम्ममा सम्पन्न भैसक्ने छ। ३५० बेड क्षमताको उक्त अस्पतालले त्यसपछि सेवा सुचारु गर्ने उनले जानकारी दिए। अस्पतालको सेवा सुचारु भएको एक वर्षपछि क्षमता बढाएर ५ सय बेडमा पुर्‍याउने र त्यसपछि ७ सय ५० बेडको बनाउने लक्ष्या रहेको उनले बताए।

कार्यक्रममा महतोले मेडिसिटी अस्पतालजस्तै अगामी ३ देखी ५ वर्षभित्र काठमाडौं उपत्यकाभित्र ५ वटा र काठमाडौं बाहिर ५ वटा गरी १० वटा अस्पतालहरु बनाउने योजना रहेको मह्त्वाकांक्षी योजना सुनाए। गुणस्तरीय सेवाका लागि विदेश जानु नपर्ने वातावरण सृजना गर्न आफू लागिरहेको उनले सुनाए। विदेशबाट बिरामीहरु आकर्षित गरी नेपाललाई मेडिकल टुरिज्मको केन्द्रको रुपमा विकास गर्ने उद्देश्यले आफुले स्वास्थ्य क्षेत्रमा लगानी गरेको पनि उनले बताए।

प्रतिक्रिया दिनुहोस्