Logo

श्रीलङ्काली डाक्टरको हडताल अन्त्य

सार ११ आइतबार,२०७४- अस्पतालमा कार्यरत डाक्टरद्दवारा गरिएको तीनदिने हडतालको शनिबार अन्त्य भएको छ । डाक्टरहरुको छाता सङ्गठन ‘गमरन्मेन्ट मेडिकल अफिसर्स एसोसिएसन’ (जिएमओए) ले बिहीबारदेखि सन् २००८ मा स्थापना गरिएका निजी मेडिकल कलेज मापदण्ड विपरीत स्थापना भएको भन्दै तिनीहरुको खारेजीको मागसहित आन्दोलनको घोषणा गरेको थियो । 

आन्दोलनका कारण प्रायः निम्न आम्दानी भएका र स्वास्थ्य सेवाका लागि सरकारी अस्पताल पुग्नुपर्ने बाध्यता भएका लाखौँ सेवाग्राही प्रभावित भएका बताइएको छ । शनिबार राष्ट्रपति मैत्रिपाला सिरिसेनासँग डाक्टरहरुले गरेको सम्झौतापछि सेवा सञ्चालनमा आएको हो । 

राष्ट्रपति सिरिसेनाले स्वास्थ्य शिक्षामा देखिएका समस्या सधारका लागि आफूले पहल गर्न सहमत भएपछि आन्दोलन स्थगित भएको जिएमओएका प्रवक्ता समान्थ आनन्दले बताउनुभयो । आन्दोलनका समय निजी अस्पतालले भने सेवाप्रवाह गरिरहेका थिए ।

  रासस/एएफपी 

प्रतिक्रिया दिनुहोस्